back
CTIZAN AD

भुवन केसीले दिने भए काठमाडौंको मेयरमा उम्मेदवारी

वि.सं.२०७८ चैत २३ बुधवार

858 

shares

काठमाडाैं । अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले उनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावनासमेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ’, बैठकपछि नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै उपमेयर पदमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार १२:०५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...