back
CTIZAN AD

केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णयको विरुद्धमा उभिए शेखर, भन्छन् – जबरजस्ती गरिए विद्रोह हुन्छ

वि.सं.२०७८ चैत २३ बुधवार

771 

shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल उम्मेदवार छनोट रोक्न गरेको परिपत्रको विषयमा आफूलाई थाहा नभएको बताएका छन् ।बुधबार विराटनगर विमानस्थलमा कुराकानी गर्दै उनले उम्मेदवार छनोट के कारणले रोक्न भनियो भन्ने विषयमा आफू जानकारी नभएको बताए ।

उनले स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्नेसमेत बताए । तर, केन्द्रबाटै जबरजस्ती तालमेल गर्न खोजिए विद्रोह हुने उनको चेतावनी छ ।

“स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ”, उनले भनेका छन्, “केन्द्रबाटै गर्न खोजे विद्रोह हुन्छ ।”

उनले केन्द्रले गठबन्धन गर्दा हस्तक्षेप गरे सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्ने समेत बताए ।

उनले भागबण्डाको राजनीति नगर्ने बताए । सभापतिले न्यायोचित ढंगले सबैलाई समेट्नुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

कोइरालाले नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाइएको संयन्त्र भने ठिक भएको बताएका छन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १२:११ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...