back
CTIZAN AD

माओवादी फर्केका डल्लाकाेटीले प्रचण्डलाई भेटेर भने- परिबन्दमा परि बालकोट पुगेँ

वि.सं.२०७८ चैत २३ बुधवार

930 

shares

काठमाडाैं । एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्र्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे ।

खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्र्किएको जानकारी दिएका छन् । एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म दुई दिनमै घर फर्केको छु ।’

जवाफमा प्रचण्डले गल्ती महसुस गरिसकेकाेले अब अब काममा फर्किन निर्देशन दिएकाे मल्लले जानकारी दिए । ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस्’, प्रचण्डको भनाई उद्र्धत गर्दै मल्लले भनेका छन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १२:२१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...