back
CTIZAN AD

कंगोमा विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउने नेपाली सैनिकको पहिचान खुल्यो

वि.सं.२०७८ चैत २३ बुधवार

651 

shares

काठमाडौं । शान्ति स्थापनार्थ कंगोको बालीमा खटिएका बेला बिद्रोहीको आक्रमणमा परेर मृत्यु भएका नेपाली सैनिकको पहिचान खुलेको छ ।

सुर्खेत गुर्भाकोट–१४ का सिपाही अनिल गुरूङको मंगलबार विद्रोहीको आक्रमणमा परि ज्यान गएको नेपाली सेनाले जनाएको छ ।

कंगोको इतुरी प्रदेशको डुगुटे क्षेत्रमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार त्यहाँको बिद्रोही समुह कोडेको मिलिसियाले आक्रमण गरेको थियो । सोहि आक्रमणमा एक नेपाली सैनिकको मृत्यु भएको संयुक्त राष्ट्र संघले पनि पुष्टि गरेको छ ।

बिद्रोहीले अज्ञात स्थानबाट गरेको फायर आक्रमणबाट घाईते भएका गुरुङलाई लागि सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा उपचारका लागि पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गुरुङको निधनले नेपाली सेनालाई स्तब्ध बनाएको बताउँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १२:२९ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई...

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...