back
CTIZAN AD

प्रचण्ड भन्छन्– प्रचण्डको छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुबा भनेर चिनिएँ

वि.सं.२०७८ चैत २३ बुधवार

984 

shares

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए ।

अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेनुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो’, उनले भने, ‘रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’

स्थानीय तहको चुनावमा पनि गठबन्धनलाई सँगै लिएर जाने निर्णय भइसकेको भन्दै उनले आ–आफ्नो ठाउँमा सबैजना लचिलो बन्नुपर्ने बताए । ‘सबैले आफ्नो ठाउँबाट त्याग गर्ने मानसिकता लियो भने असम्भव भन्ने केहि छैन’, उनले भने । सबै लचिलो बन्ने र त्याग गर्न सक्ने भएमा समाजवादमा पुग्न सकिने उनले बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचनको मुखमा भूमिहिन दलितलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२ आँपटारीका ४६ भूमिहिन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।

भरतपुर-२ मा मात्र ९८ घरधुरी भूमिहिन दलित छन् । भरतपुर महानगरपालिकामा भूमिहिन दलित एक हजार ९७९, भूमिहिन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोबासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुमबासी सूचिकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउने छन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १७:४४ मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...