back
CTIZAN AD

जिल्ला अदालत नवलपरासीले पनि दियो पल साहलाई थुनामा राख्ने आदेश

वि.सं.२०७८ चैत २४ बिहीवार

627 

shares

काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जेल परेका अभिनेता पल साहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले बुधबार शाहलाई पुर्पक्षका लागि तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
साहलाई बैशाख ७ गते पुनः अदालतमा हाजिर हुन आदेश दिँदै तनहुँ नै पठाइएको छ ।

तनहुँ र नवलपरासी दुवैतिर नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा परेको थियो । उनलाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

ती गायिकाको बुवाले गत फागुन ११ गते नाबालिग छोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा र १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्ष जेल सजाय हुनुपर्ने माग दाबी गरेका छन् ।

वि.सं.२०७८ चैत २४ बिहीवार ०८:३९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...