back
CTIZAN AD

हराएकी भनिएकी बालिका सकुशल भेटिइन्

वि.सं.२०७८ चैत २४ बिहीवार

648 

shares

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार फेला परेकी छन् ।

स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत परियारलाई ऋषिङ–२ काँहु शिवपुर निवासी रेखीमाया बरालीले भेटेपछि आफ्नै घरमा राखेकी थिइन् । छिमेकी गाउँ थप्रेक हुँदै दिउँसो करिब ११ बजेको समयमा ऋषिङ–१ गैह्राखुदी भन्ने ठाउँमा पुगेको भन्नेसम्म जानकारी पाए पनि त्यसपछि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका थिए ।

बाटोमा हिँड्दै गरेको अवस्थामा वृद्धा आमाले ‘गाडीमा नगएर किन हिँडेको नानी ?’ भनेर सोध्दा रुन थालेपछि कहीँकतै जान नदिई आफ्नै घरमा राखेर ठूलो सहयोग गर्नुभएको शिक्षक एवं स्थानीयवासी तीर्थ बर्देवाले जानकारी दिए ।

घरबाट पक्कै पनि भागेर हिँडेको शङ्का लागेपछि बालिकालाई कतै जान नदिई आफ्नै निगरानीमा राखेर खाना खुवाएर सुताएको बरालीले जानकारी दिए । मङ्गलबार नै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा खोजतलासका लागि जाहेरी दिएका थिए । छोरी भेटिएपछि खमबहादुरको परिवारले खुसी व्यक्त गरेको छ ।रासस

वि.सं.२०७८ चैत २४ बिहीवार ०८:२९ मा प्रकाशित

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...