back
CTIZAN AD

चैत २४ को ऐतिहासिक सस्मरण : यी थिए आन्दोलनका कमाण्डरहरु

वि.सं.२०७८ चैत २४ बिहीवार

1.4K 

shares

टिका कुरुम्वाङ, काठमाडौं । २०४६ को चैत २४, ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन । काठमाडौं उपत्यकाका घर वस्ति, टोल, टोल र गल्ली–गल्लीबाट जुलुश सुरु भएको दिन । पंचायती व्यवस्थाको अन्त्यका लागि नेपाली कांग्रेस, संयुक्त वाममोर्चा र संयुक्त राष्ट्रिय जनआन्दोलनको आव्हानमा जनसागर प्रदर्शन भएको दिन ।

संयुक्त राष्ट्रिय जनआन्दोलनको आव्हानमा चैत २४ गते नेपाल बन्द कार्यक्रम राखिएको थियो । तत्कालीन नेकपा (मशाल), मसाल, सर्वहारावादी श्रमिक संगठन, नेकपा (मालेमा) र केही स्वतन्त्र वामपन्थीहरु समेतको संयुक्त मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनले डा. बाबुराम भट्टराईलाई संयोजक बनाएको थियो । यो घटकमा आवद्द प्रचण्ड नेतृत्वको तत्कालीन मशाललाई किर्तीपुर र गौशाला लगायतका थानामा आक्रमण गरेको र हिंशा भड्काएको आरोप लगाइएको थियो ।

सो समितिमा बाबुराम बाहेक कृष्णदास श्रेष्ठ, एनके प्रसाई, सीताराम तामाङ,वाचस्पती देवकोटा र शक्ति लम्साल लगायत रहेका थिए भने दीनानाथ शर्मा, देव गुरुङहरुले आन्तरिक कमाण्ड गरेका थिए ।

यी थिए वाममोर्चाका संस्थापकहरु
संयुक्त वाममोर्चाको अध्यक्षमा साहना प्रधान, मानार्थ अध्यक्षमा तुलसीलाल अमात्य, सदस्यहरुमा विष्णु बहादुर मानन्धर, कृष्णराम वर्मा, राधाकृष्ण मैनाल, भरतमोहन अधिकारी, निलाम्बर आर्चाय, नरबहादुर कर्माचार्य, सिद्धीलाल सिंह, नारायणमान बिजुक्छे ‘रोहित’ दीप बहादुर श्रेष्ठ, लक्ष्मीभक्त उपाध्याय, सर्वोत्तम डंगोल, पद्मरत्न तुलाधर, शुसील प्याकुरेल, प्रल्हाद प्रसाद न्यौपाने, श्यामकृष्ण कोजु, रामकृष्ण थापा, केशव कोइराला, लीलामणि पोखरेल सहित २१ जना । सो समितिले ७० सदस्यीय सचिवालय बनाएको थियो । साहना प्रधान, तुल्सीलाल अमात्य, नीलाम्बर आर्चाय, राधाकृष्ण मैनाली, प्रल्हाद न्यौपाने, लीलामणी पोखरेल र कृष्णराज वर्मा सचिवालयमा रहेका थिए ।

आन्दोलनमा प्रजातन्त्रको ट्याग बोक्ने ठुलो शक्ति नेपाली कांग्रेसको मुख्य नेतृत्व लौह पुरुष गणेशमान सिंह रहेका थिए । उनलाई जनआन्दोलनको सर्वोच्च कमाण्डर पनि भनिन्थ्यो । यसबाहेक कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, भीम बहादुर तामाङ, नरहरि आचार्य लगायतका नेताहरुले विभिन्न जिम्मेवारी लिएका थिए । २०४६ को चैत २४ मा मरिचमानलाई फाँसी दे, राजतन्त्र अन्त्य गरौं जस्ता नारा लागेका थिए । चारैतिरबाट आएको जुलुश दरबारमार्गमा पुगेर महेन्द्रको शालिक तोडफोड गर्न लागेपछि गोली चलेको थियो ।

२०४६ को जनआन्दोलन स्मरण गर्दै माओवादी केन्द्रका नेता दिनानाथ शर्मा भन्छन्–तत्कालीन शक्ति सन्तुलनको हिसाबमा आन्दोलनप्रति धोका भएजस्तो लागेपनि त्यसैको निरन्तरतामा जनयुद्ध र जनसंघर्षको पछिल्लो बलले गणतन्त्र आएकाले २०४६ को चैत २४ ऐतिहासिक दिनका रुपमा स्मरण गरिरहनु पर्दछ ।’

No description available.

वि.सं.२०७८ चैत २४ बिहीवार ११:२३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...