उदयपुर । आफ्नै साथीको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुङका बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेकी छन् । उनीहरुलाई बेलका नगरपालिका-६की १६ वर्षीया कबिता सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मृतक सुनुवार र आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर, उदयपुरमा कक्षा १० मा अध्यनरत छात्रा भएको प्रहरीले जनाएको छ । रिसिईवीका कारण आरोपित किशोरीले हत्याको योजना बनाई एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालयतर्फ जाने क्रममा ढकालले बियरको बोतल र ढुङगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले मृतकको शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको प्रहरीले जनाएको छ । उनीहरू माथी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ चैत २४ बिहीवार १४:२२ मा प्रकाशित






























