काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि विभिन्न स्थानीयतहमा खटाइएका ७१ निर्वाचन अधिकृतलाई हटाइएको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै विभिन्न कारणले ७१ जना निर्वाचन अधिकृतहरुको नाम हटाइएको सूचना जारी गरेको छ ।
चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) बाटै हटाइएको र रिक्त पदहरुमा नेपाल सरकारका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतस्तरका कर्मचारीलाई चैत २९ गतेदेखि लागू हुने गरि निर्वाचन अधिकृत पदमा नियुक्ति गरिएको सूचनामा उल्लेखछ ।
यस्तो पदबाट हटाईएकाको नामावली
वि.सं.२०७८ चैत २४ बिहीवार १४:०५ मा प्रकाशित






























