back
CTIZAN AD

पञ्चकन्या ग्रुपद्वारा बालअस्पतालको भवन निर्माणमा सहयोग

वि.सं.२०७८ चैत २४ बिहीवार

705 

shares

काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.)बीच एक सम्झौता भएको छ ।

उक्त सम्झौतामा झापाको दमक वडा नं. ७ मा बन्दै गरेको बालअस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४००० हजार बर्ग फिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचना निर्माण गर्ने सहमति भई एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हालै दिवंगत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको पत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो आद्योगिक यात्राको ५०औं वर्ष पुरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको ग्रुपले जनाएको छ ।

समझदारी कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा दुबैले स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुबै संस्थाको लागि गौरवको विषय भएको र यसबाट आत्मसन्तुष्टि अमुल्य हुने विचार गरेका थिए ।

त्यस्तै के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो सो अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताएका थिए ।

पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ । साथै सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका सञ्चालक र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ चैत २४ बिहीवार २०:३७ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...