back
CTIZAN AD

नेपाल बारमा सत्ता गठबन्धनको प्यानल नै विजयी, एमाले निल (नतिजासहित)

वि.सं.२०७८ चैत २५ शुक्रवार

951 

shares

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानलै निर्वाचित भएको छ । २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनबाट कांग्रेस निकट घिमिरेको प्यानलै निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित घिमिरेले ४ हजार ४७४ मत ल्याएका छन् ।

घिमिरेका प्रतिस्पर्धी नेकपा (एमाले) निकटका विष्णुमणि अधिकारीले २ हजार ४८२ मत ल्याएका छन् ।

निर्वाचनबाट गठबन्धन तर्फकै उम्मेदवार अन्जिता खनाल महासचिवमा, भरतबहादुर राउत कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी निर्वाचित भएका छन् ।

महिला खुलातर्फबाट उपाध्यक्षमा आशा राई निर्वाचित भएकी छन् ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १६:१८ मा प्रकाशित

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...