back
CTIZAN AD

सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की

वि.सं.२०७८ चैत २५ शुक्रवार

603 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढङ्गबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताए ।

सरकारका प्रवक्ता कार्कीले भने, “हामी उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्दछौँ, आज हाम्रो अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्तले कसरी धनी बनाउने । यो चुनौतीलाई पूरा गर्न हामी आ–आफ्ना क्षेत्रबाट इमान्दारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै गाह्रो छैन ।”

उनले भने समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताए । “मेबाइल व्यवसायीको प्रमुख जटिल समस्या मोबाइलको आयात र व्यवसाय हो भन्ने लाग्छ, यो समस्याको समाधान गर्नका लागि नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुनेछ, सरकार तपाइँको साथमा छ, मोबाइल व्यवसायलाई अगाडि बढाउन सरकार सहयोग गर्न तयार छ ।”

‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासङ्घ मोबाइल व्यवसायीहरुको सङ्गठित सङ्गठन हो । महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए । महासङ्घले सो कार्यक्रममा क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा कोरइला र डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेको थियो ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १६:०० मा प्रकाशित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...

काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।...

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय...