काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,३४९ नमुना परीक्षणमा १२ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५५६ पुगेको छ ।
त्यसैगरी आज संक्रमणबाट मुक्त भएका ८९ जनासँगै हालसम्म ९ लाख ६५ हजार ९३६ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने कूल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ रहेको छ ।
नेपालमा हाल ६६९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६४३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा २६ जना रहेका छन् । साथै आइसीयुमा ११ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १६:३१ मा प्रकाशित






























