back
CTIZAN AD

स्थानीयवासीलाई डढेलो नियन्त्रण तालिम प्रदान गरियो

वि.सं.२०७८ चैत २७ आइतवार

687 

shares

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए ।

गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन कार्यालयले आग्रह समेत गरेको छ ।

वनमा डढेलो नियन्त्रण गर्नका लागि फारलाइन सफा गर्ने, पातपतिङ्गर जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु जलाउ समेत कार्यालयले स्थानीयवासीलाई आह्वान समेत गरेको छ । “आगो कसरी लाग्न सक्छ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ”, उनले भने, “वनरक्षक तथा स्थानीय उपभोक्ता लागिपरेमा न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ ।”

अग्नि प्रतिरोधक जमसुट, वाटर स्प्रे ,हेलमेट, स्वाटरलगायत रु डेढ लाख बरावरको सामग्री सामुदायिक वनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गङ्गाराम रेग्मीले जानकारी दिए ।

अजम्मरी सामुदायिक वन समूहका अध्यक्ष सुकमाया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकामा नियन्त्रण गर्न सहज हुने बताइन् । कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकाले अग्नि प्रतिरोधक सामग्रीले सहजता आउने जनाइएको छ । अग्नि नियन्त्रण अभ्यासलाई सहायक वन अधिकृत सञ्जय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजीकरण गरेका थिए ।

 

वि.सं.२०७८ चैत २७ आइतवार १२:३५ मा प्रकाशित

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा (बाँके) । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस...

पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी

पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी

तम्घास । गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।...

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको...