back
CTIZAN AD

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

वि.सं.२०८२ चैत २२ आइतवार

393 

shares

गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए । त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा चिकित्सकहरू डा रमेश अर्याल, डा सुनिल सुनार, डा सुमन आचार्य, डा सन्तोष बस्नेत, डा विजय पाण्डे, डा आशिष भुर्तेल र डा सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका थिए ।

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए । “गाउँमै आएर विशेषज्ञ सेवा लिन पाउँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ, यसबाट स्थानीय पनि निकै खुसी हुनुभयो”, उनले भने ।

शिविरमा सेवा लिएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । “बिरामी हुँदा सामान्य जाँच गर्न पनि सदरमुकाम जानुपथ्र्यो, आज गाउँमै सबै सेवा लिन पाइयो, यस्ता प्रकारका शिविर बेलाबेलामा ल्याउनुपर्छ”, उनले भनीन् । पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् ।

वि.सं.२०८२ चैत २२ आइतवार ११:२० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...