back
CTIZAN AD

गर्भनरमाथिको कारबाही : के अदालतले उल्ट्याउन सक्छ ?

वि.सं.२०७८ चैत २७ आइतवार

822 

shares

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि आफ्नो पदीय जिम्मेवारी पुरा नगरेको र बदनियतपूर्वक काम गरेको भन्ने आरोपमा सरकारले छानबिन समिति गठन गरि कारबाही प्रक्रिया अघि बढाएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेसँगै अधिकारी निलम्बित भएका छन् ।

आर्थिक संकट चुलिएको बेला गभर्नरमाथि अचानक सरकारले चालेको कदमले धेरै आशंकाहरु उब्जिएका छन् । कतिपयले सरकारको कदमको विरोध पनि गरिरहेका छन् ।

विशेषतः अर्थविद्हरु, पूर्वगभर्नर र पूर्वअर्थमन्त्रीहरु सरकारको कदमको विरोधमा उभिएका छन् । सबैको स्वर सरकारले स्वायत्त निकायमाथि गलत मनसायपूर्वक हस्तक्षेप गर्‍यो भन्ने छ ।

तथापी, सरकारले कारबाही गर्नुपर्ने केही आधारहरु पेश गरेको छ । सरकारले अधिकारीमाथि कारबाही गर्नुको कारण गोप्य सूचनाहरु चुहाएकोदेखि व्यापारीसँग साँठगाँठ गरेको आरोप लगाएको छ । अहिलेको गहिरिँदो आर्थिक संकटको कारण पनि अधिकारी भएको सरकारको ठहर छ ।

के छ कारबाहीका अनुभव ?

सरकारले लगाएको आरोप र गरेको कारबाहीको सन्दर्भमा निलम्बनमा परेका गभर्नर अधिकारीले आफ्नो भनाई सार्वजनिक गरेका छैनन् । उनले यस विषयमा तत्काल कुनै टिप्पणी नगर्ने पनि बताएका छन् । उनले कानुनी उपचार खोज्न सक्ने भए पनि छानबिनलाई सहयोग गर्ने बताएका छन् ।

सरकारले उनीमाथि छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधिश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । सरकारले कार्यदललाई छानबिन गरि निष्कर्ष दिन एक महिनाको समय दिएको छ ।

तथापी, नेपालमा गभर्नरमाथि यसरी कारबाही गरिएको घटना पहिलो भने होइन । यसअघि पनि तत्कालिन अर्थमन्त्री महेश आचार्यले गभर्नर तिलक रावललाई निलम्बन गर्दै दीपेन्द्र पुरुष ढकाललाई नियुक्त गरेका थिए ।

त्यस्तै विजयनाथ भट्टराईलाई कारबाही गरि दीपेन्द्रबहादुर क्षेत्रलाई पनि ल्याइएको थियो ।

के अदालतले उल्ट्याउन सक्छ कारबाही ?

अर्थविद् विश्वम्भर प्याकुरेल अहिलेको कारबाही अदालतले उल्ट्याउन सक्ने खालको भएको बताउँछन् । उनका अनुसार सरकारले ठोस आरोप लगाएर स्पष्टीकरण सोधेको छैन । प्याकुरेलका अनुसार निलम्बन गर्ने सरकारको निर्णय नै त्रुटीपूर्णं छ ।

विगतमा पनि अदालतले सरकारले गरेका कारबाही उल्ट्याइदिएको आधारमा अहिलेको कारबाही उल्टीने सक्ने उनको धारणा छ । “गभर्नर निलम्बनका लागि सही प्रक्रिया गरेको देखिएन, एउटा आरोप मात्र लगाएर निलम्बन गर्न सकिँदैन, यो कमजोर हुन्छ”, सञ्चार माध्यमसँगको कुराकानीमा अर्थविद् प्याकुरेलले भनेका छन् ।

तत्कालिन समय तिलक रावललाई निलम्बन गरेर दीपेन्द्रपुरुष ढकाललाई नियुक्ती गर्दा र विजयनाथ भट्टराईलाई कारबाही गरी दीपेन्द्रबहादुर क्षेत्रीलाई ल्याउँदा दुवै निर्णय अदालतले उल्ट्याएको थियो । अहिले अधिकारी पनि अदालतको जानसक्ने प्याकुरेलको भनाई छ । तथापी, छानबिन समितिले बुझाएको निष्कर्षपश्चात मात्रै कारबाहीमा परेका गर्भनरले अदालतको ढोका ढकढक्याउन सक्छन् ।

सम्बन्धित समाचार

के हो त गर्भनर प्रकरण, महाप्रसाद पदमुक्त होलान् ?

वि.सं.२०७८ चैत २७ आइतवार १२:३७ मा प्रकाशित

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...