back
CTIZAN AD

मगर संघ युकेको अध्यक्षमा सिता पुन मगर विजयी, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७८ चैत २७ आइतवार

972 

shares

लन्डन । मगर संघ युकेको अध्यक्षमा सिता पुन मगर निर्वाचित भएकी छन् ।

संस्थाको सातौं साधारणसभाबाट मगर संघ युुकेको इतिहासमा पहिलोपटक महिला नेतृत्व निर्वाचित भएकी हुन् । सिता मगर संघकी निर्वतमान वरिष्ठ उपाध्यक्ष हुन् ।

संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको भएपनि अध्यक्षमा संघका उपाध्यक्ष राम गलामीले पनि उम्मेदवारी दिएपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपरेको थियो ।

निर्वाचनमा सीता पुनमगरले २१६ मत प्राप्त गरेर अध्यक्षमा विजयी बनेको छन् भने उनका प्रत्यासी राम गलामीमगरले २१३ मत प्राप्त गरेका थिए ।

त्यस्तै नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमशः रुद्र थापामगर, होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिबमा गुमानसिंह थापामगर र सह–कोषाध्यक्षमा थाम बहादुर रोकामगर निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्बिरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित मगरले, मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पूर्ण मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

वि.सं.२०७८ चैत २७ आइतवार १३:३५ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...