back
CTIZAN AD

स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले आउला ?

वि.सं.२०७८ चैत २७ आइतवार

939 

shares

काठमाडौं । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आगामी १३ दिनपछि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । आगामी वैशाख ३० मा हुन लागेको निर्वाचनका लागि अब ३३ दिन मात्रै बाँकी छ । तर, दलहरुले ३३ दिन मात्रै बाँकी हुँदा पनि चुनावी घोषणापत्र तयार गरेका छैनन् ।

दलहरुले घोषणापत्र जारी नगर्दा केही अन्योल पनि बन्न पुगेको छ । दलहरुको तयारीलाई हेर्दा समयमै निर्वाचन नहुने त होइन भन्ने आशंका पनि उब्जिएको देखिन्छ ।

दलहरुले घोषणापत्रमा आफ्ना नीति तथा कार्यक्रम समेट्छन् । मतदाताले दलहरुले सार्वजनिक गरेको घोषणापत्रको आधारमा भोट दिने गर्दछन् । आर्थिक, सामाजिकदेखि भौतिक पूर्वाधार क्षेत्रमा विकासका एजेण्डा समेटिने घोषणापत्र सार्वजनिक नहुँदा नागरिकमा अन्योल देखिएको हो ।

कहिले आउला घोषणा पत्र ?

मुलुकको सबैभन्दा ठूला दल नेकपा (एमाले)ले वैशाख पहिलो साताभित्रै घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ । एमाले केन्द्रीय कार्यालयले जनाएअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा घोषणापत्र तयारीको काम भइरहेको छ । केन्द्रीय कार्यालयका अनुसार मनोनयन दर्ता अघि नै घोषणापत्र सार्वजनिक हुने छ ।

यता, सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेका चैत मसान्तसम्ममा घोषणापत्र तयारीको काम सकिने र आगामी ११ वैशाखमा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएका छन् । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार लोकतन्त्र दिवसको दिन घोषणापत्र सार्वजनिक हुनेछ ।

कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वमा घोषणापत्र तयारी समिति बनाएको उनले जनाए । थापा नेतृत्वको समितिले तयारी गरिरहेको उनले बताए ।

यता, सत्तारुढ माओवादी केन्द्रले भने ‘अपिल पत्र’ जारी गरिसकिएको र सोही अपिलपत्रको आधारमा स्थानीय तहले नै आ–आफ्नो अनुकुलताअनुसार घोषणापत्र जारी गर्ने बताएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले मनोनयन दर्ता अघि नै स्थानीय तहहरुले घोषणापत्र जारी गर्ने बताए । पार्टी केन्द्रले घोषणापत्रमा केही विषय भने अनिवार्य समेट्न निर्देशन गरेको ढकालले जानकारी दिए । उनका अनुसार विद्युतीय चुल्हो वितरणलाई प्राथमिकतामा राखिएको हो ।

त्यस्तै, एकीकृत समाजवादीले पनि घोषणा पत्रको तयारी भइरहेको बताएका छन् । समाजवादीले मनोनयन दर्ताको केही दिन अघि सार्वजनिक गर्ने तयारी भएको बताएको छ । जसपा, राप्रपा, नेमकिपालगायत दलले पनि मनोनयन दर्ता मितिको आसपासमा सार्वजनिक गरिने बताएका छन् ।

वि.सं.२०७८ चैत २७ आइतवार १३:४१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...