काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन केन्द्रीत ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएका हुन् ।
६ बुँदे सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ ।
सिफारिस उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रबाटै हुने बताइएको छ। यसैगरी जित्ने सम्भावना रहेका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा वा सवै पालिकामा एउटा वडा अध्यक्षमा महिला उम्मेद्वार सिफारिस गर्न पनि भनिएको छ।
यस्तो छ ६ बुँदे सर्कुलर

वि.सं.२०७८ चैत २९ मंगलवार ११:४० मा प्रकाशित






























