back
CTIZAN AD

रुदैँ पार्टी छाडेको घोषणा गरे एमाले झापाका नेता घिमीरेले

वि.सं.२०७८ चैत २९ मंगलवार

795 

shares

झापा । नेकपा एमालेका झापाका सदस्य डिल्लीराम घिमीरेले पार्टीमा पटक–पटक आफुमाथि अन्याय भएको भन्दै भावुक पार्टी छाडेको घोषणा गरेका छन् ।

उनले आफ्माथि पटक–पटक अन्याय भएको तथा एउटैलाई थपि थपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने, चरम गुटबन्दिका नाइकेहरुसँग बसेर पटक पटक अन्याय सहनु भन्दा स्वतन्त्र जीवन बाँच्ने भन्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएको बताएका छन् ।
‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाइ थपीथपि जिम्मेवारी र अरुलाइ औबसरबाट बन्चित गर्ने चरम गुटबन्दीका नाइकेहरुसंग बसेर पटक–पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पुर्ण मित्रहरू संग क्षमा चाहान्छु ।’ उनले भनेका छन् ।

२०४१ देखि एमालेमा लागेका घिमीरले २०४९ सालदेखी २०५४ सालसम्म काँकडभिट्टा गाउँ बिकास समितिमा नेकपा एमालेको तर्फबाट अध्यक्ष भएर काम गरेका उनले २०५४ को स्थानीय निर्वाचनमा आफुले पाएको उम्मेदवारी छाडेर रबिन कोइरालालाई नगर प्रमुख सहयोग गरेका बताएका छन् ।

त्यस्तै २०७४ सालको निर्वाचनमा पनि बिष्णु प्रसाद प्रसाइ लाई आफ्नो दाबी छाडेर सहयोग गरेको बताएका उनले २०७९ को निर्वाचनमा आफुलाई नगर प्रमुखको उम्मेदवार बनाउने भनेर आश्वासन दिए पनि योजनबद्धरुपमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकीको कार्यकाल ९ महिना बाँकी हुँदा हुँदै पनि उनलाई नगर प्रमुखको उम्मेदवारी बनाएको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार १४:२३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज...

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...