back
CTIZAN AD

देशको आर्थिक संकटमा हातेमालो गर्न यसरी जुट्न थाल्यो एनआरएनए

वि.सं.२०७८ चैत २९ मंगलवार

597 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीले देशमा आउनसक्ने आर्थिक संकट समाधानमा हातेमालो गर्ने विषयमा छलफल गर्न आकस्मिक बैठक बसेको छ ।

अप्रिल ११ मा संस्थाका कार्यकारी अध्यक्ष कूल आचार्यको अध्यक्षता तथा अन्य दुई अध्यक्ष डा बद्री केसी र रबिना थापाको उपस्थितिमा सम्पन्न उक्त बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले देशमा आइपरेको बिदेशी मुद्रा (डलर) को कमिलाई कसरी कम गर्न सकिन्छ भनेर अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर तथा अर्थबिद्को उपस्थितिमा अप्रिल १३ मा जुममार्फत एक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै अन्र्तक्रिया कार्यक्रममार्फत् बिदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र उक्त एकाउन्टमा कम्तीमा एक हजार डलर रकम सम्बन्धित देशको बैक मार्फत् पठाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

May be an image of 6 people, people standing and text that says 'NRNA @oleln Nepall नेपालमा डलर खाता खोल्न एनआरएनहरुलाई के के छन् सुबिधा? वृहत अन्तकृया Janardan Sharma Finance Minister, GoN Chief Guest Madhu Κ. Marasini Secretary, MoF Special Guest Dr. Neelam Dhungana Kul Acharya Acting Governor, NRB President, NRNA Guest Rabina Thapa President, NRNA Dr. Badri K.C. President, NRNA LIVE ON: मिति: बुधबार. १३ अप्रिल 2०१શ समय: अपरान्ह ឬ बजे (नेपाल समय) f NRNAOfficial Meeting ID 93817320003 Passcode 2022'

त्यस्तै बिदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राबिधिक समस्या, डलर डाइरेक्ट पठाउदा, नेपालमा डलर एकाउन्ट खोलेर बचतमा राख्दा र आबश्यक परेको बेलामा उक्त रकम फिर्ता लैजाँदा देखिने समस्या लगायत अन्य गैरआवासीय नेपालीका लागि मौद्रिक नीति भएका समस्याको बारेमा अध्यन गरि उक्त अन्तक्रिया कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि समक्ष प्रस्तुत गर्नका लागि उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल निर्माण गरिएको बताइएको छ ।

बैठकले दुई दिनभित्र कार्यक्रममा सबै राष्ट्रिय समितीमार्फत धेरै गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा जोड्न प्रचार–प्रसारको लागि महासचिवद्वय गौरी जोशी र डा केशव पौडेलको नेतृत्वमा सम्पूर्ण उपमहासचिव तथा सचिब प्रबक्ता रहने गरि प्रचार–प्रसार समिति निर्माण गरिएको छ ।

त्यसैगरी कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरि डलर एकाउन्ट खोल्न चाहिने कागजपत्र, प्रक्रिया र आर्थिक पक्षको अध्यन गरि सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय समेत गरिएको प्रवक्ता शिव वरुवाल र सोम सापकोटाले जानकारी दिएका छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार १३:३२ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...