back
CTIZAN AD

वर्षमानविरुद्व खनिए जनार्दन, भने – एमालेसँग सहकार्य गर्न नपाउँदा असन्तुष्ट छन्

वि.सं.२०७८ चैत २९ मंगलवार

798 

shares

काठमाडौं । माओवादी केन्द्रभित्रको आन्तरिक विवादबारे अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले मुख खोलेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुनले आफुले चालेको कदमका विरुद्व बोल्दै हिँड्न थालेपछि शर्माले आन्तरिक विवादबारे प्रष्ट्याएका हुन् ।

उनले वर्षमान पुन एमालेसँग सहकार्य गर्न चाहिरहेको पनि बताएका छन् । एमालेसँग सहकार्य गर्ने चाहना पुरा नहुँदा पुनले आफ्ना कदमको विरोध गरेको उनको भनाई छ ।

“वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ, तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं”, शर्माले एक टेलिभिजन भनेका छन् , “गठबन्धन बलियो बनाउने कुरा उहाँलाई मन पपरेको छैन, उहाँले गभर्नर निलम्बनलगायतको विरोध त्यहि पेरिफेरिमा गर्नुभएको हो ।”

पछिल्ला विरोधले वर्षमानलाई कुनै राजनीतिक लाभ नमिल्ने पनि शर्माले ठोकुवा गरे । “उहाँको बुझाइको समस्या हो । उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर, उहाँलाई केही फाइदा हुन्न ।”

शर्माले पार्टी महासचिवको विषयमा देखिएको विवाद कार्यकर्ताको चाहनाअनुसार टुंग्याउने बताएका छन् । उनले महासचिव को बन्ने भन्ने कुरा रहर गरेर मात्रै नहुने बताएका छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार १३:१९ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...