back

वर्षमानविरुद्व खनिए जनार्दन, भने – एमालेसँग सहकार्य गर्न नपाउँदा असन्तुष्ट छन्

वि.सं.२०७८ चैत २९ मंगलवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । माओवादी केन्द्रभित्रको आन्तरिक विवादबारे अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले मुख खोलेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता वर्षमान पुनले आफुले चालेको कदमका विरुद्व बोल्दै हिँड्न थालेपछि शर्माले आन्तरिक विवादबारे प्रष्ट्याएका हुन् ।

उनले वर्षमान पुन एमालेसँग सहकार्य गर्न चाहिरहेको पनि बताएका छन् । एमालेसँग सहकार्य गर्ने चाहना पुरा नहुँदा पुनले आफ्ना कदमको विरोध गरेको उनको भनाई छ ।

“वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ, तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं”, शर्माले एक टेलिभिजन भनेका छन् , “गठबन्धन बलियो बनाउने कुरा उहाँलाई मन पपरेको छैन, उहाँले गभर्नर निलम्बनलगायतको विरोध त्यहि पेरिफेरिमा गर्नुभएको हो ।”

पछिल्ला विरोधले वर्षमानलाई कुनै राजनीतिक लाभ नमिल्ने पनि शर्माले ठोकुवा गरे । “उहाँको बुझाइको समस्या हो । उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर, उहाँलाई केही फाइदा हुन्न ।”

शर्माले पार्टी महासचिवको विषयमा देखिएको विवाद कार्यकर्ताको चाहनाअनुसार टुंग्याउने बताएका छन् । उनले महासचिव को बन्ने भन्ने कुरा रहर गरेर मात्रै नहुने बताएका छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार १३:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

म्याग्दी (बेनी) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

वैशाख । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

उपनिर्वाचनमा प्राप्त जितले दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको एमालेको जिकिर

उपनिर्वाचनमा प्राप्त जितले दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको एमालेको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो...

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२१ कृष्तिस्थित भविष्य निर्माण माविले ‘मेरो...