back
CTIZAN AD

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम–स्मार्ट

वि.सं.२०७८ चैत २९ मंगलवार

624 

shares

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप एमबीएल एम-स्मार्टको सुरुवात गरेको छ । यस अघि माछापुच्छे« मनी(एमथ्री)को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबीएल एम-स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबीएल एम-स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ-रजिस्ट्रेसन गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्कानगरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण रहेको बैंकले जनाएको छ । बैंकका अनुसार एमबीएल एम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको हो ।

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वी च्याट पेको सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबाट “माया” पनि नेपालमा पहिलो पटक बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट RemitApp, लगायतका यस्ता थुपै सुविधाहरुको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको बैंकले जनाएको छ । नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको बैंकले जनाएको छ ।

यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले मोबाइल बैंकिङ्ग एप, एमबीएल एम-स्मार्ट संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार १३:०१ मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...