back
CTIZAN AD

६ महानगर र ११ उपमहानगर भागवण्डा, कसले कुन पाउने भए ?

वि.सं.२०७८ चैत २९ मंगलवार

1.3K 

shares

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच ६ महानगरलाई भागवण्डा गर्नेबारे मोटामोटी सहमति भएको छ । पाँच दलीय गठबन्धनबीच ६ महानगरमध्ये ३ महानगर कांग्रेसलाई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक महानगर पाउने सहमति माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

शीर्ष नेताहरुबीच भरपुर माओवादी केन्द्रलाई दिने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले अन्य ठाउँमा कांग्रेसलाई सघाउने सर्तसहित सहमत भएका हुन् । देउवाले भरतपुरमा देखिएको विवाद शेखर कोइराला समूहले चलाएको र त्यसको धेरै अर्थ नहुने निष्कर्ष निकालेको बुझिएको छ ।

यता कांग्रेसले केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरसहित ललितपुर र विराटनगर पाउने भएको छ । दलका शीर्ष नेताबीच पोखरा एकीकृत समाजवादीलाई दिने र वीरगञ्ज जसपाले पाउने सहमति बनेको बुझिएको छ ।

यसअघि एमालेले जितेको पोखरा महानगरलाई गठबन्धनले एकीकृत समाजवादीलाई सघाउने सहमति भएको छ । पोखरा महानगरलाई अन्यलाई भन्दा एकीकृत समाजवादीलाई जित्न सजिलो हुने निष्कर्षसहित यस्तो सहमति गरिएको ती नेताले बताए ।

कांग्रेसभित्र काठमाडौंको उपमेयर दिएर पोखरा आफैंले लिनुपर्ने विषयमा पनि छलफल भएको थियो । तर, नेकपा एस उक्त विषयमा सहमति नगरेको बुझिएको छ ।

अधिकांश उपमहानगरको भागवण्डामा सहमति

दलहरुबीच ११ उपमहानगरको विषयमा पनि मोटामोटी सहमति भइसकेको बुझिएको छ । शीर्ष तहमा ११ उपमहानगरमध्ये पाँच उपमहानगर कांग्रेसलाई, दुई माओवादीलाई र एस र जसपालाई एक/एक दिने सहमति जुटिसकेको छ ।

सहमतिअनुसार कांग्रेसले इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी पाउने छ भने माओवादीले जितपुर सिमरा र घोराही पाउनेछ । यता हेटौंडा नेकपा एस र जनकपुर जसपालाई दिने सहमति भएको छ ।

तर, अहिलेसम्म धरान र कलैयाको विषयमा सहमति नजुटेको बुझिएको छ । दलहरुबीच मंगलबार नै सबै विषयमा ठोस सहमति गर्ने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

मोडालिटीमै अलमलियो सत्ता गठबन्धन, एमाले धमाधम उम्मेदवार छान्दै

वि.सं.२०७८ चैत २९ मंगलवार १२:२९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...