back

६ महानगर र ११ उपमहानगर भागवण्डा, कसले कुन पाउने भए ?

वि.सं.२०७८ चैत २९ मंगलवार

318 

shares
RBB AD
NTC AD

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच ६ महानगरलाई भागवण्डा गर्नेबारे मोटामोटी सहमति भएको छ । पाँच दलीय गठबन्धनबीच ६ महानगरमध्ये ३ महानगर कांग्रेसलाई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक महानगर पाउने सहमति माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

शीर्ष नेताहरुबीच भरपुर माओवादी केन्द्रलाई दिने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले अन्य ठाउँमा कांग्रेसलाई सघाउने सर्तसहित सहमत भएका हुन् । देउवाले भरतपुरमा देखिएको विवाद शेखर कोइराला समूहले चलाएको र त्यसको धेरै अर्थ नहुने निष्कर्ष निकालेको बुझिएको छ ।

यता कांग्रेसले केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरसहित ललितपुर र विराटनगर पाउने भएको छ । दलका शीर्ष नेताबीच पोखरा एकीकृत समाजवादीलाई दिने र वीरगञ्ज जसपाले पाउने सहमति बनेको बुझिएको छ ।

यसअघि एमालेले जितेको पोखरा महानगरलाई गठबन्धनले एकीकृत समाजवादीलाई सघाउने सहमति भएको छ । पोखरा महानगरलाई अन्यलाई भन्दा एकीकृत समाजवादीलाई जित्न सजिलो हुने निष्कर्षसहित यस्तो सहमति गरिएको ती नेताले बताए ।

कांग्रेसभित्र काठमाडौंको उपमेयर दिएर पोखरा आफैंले लिनुपर्ने विषयमा पनि छलफल भएको थियो । तर, नेकपा एस उक्त विषयमा सहमति नगरेको बुझिएको छ ।

अधिकांश उपमहानगरको भागवण्डामा सहमति

दलहरुबीच ११ उपमहानगरको विषयमा पनि मोटामोटी सहमति भइसकेको बुझिएको छ । शीर्ष तहमा ११ उपमहानगरमध्ये पाँच उपमहानगर कांग्रेसलाई, दुई माओवादीलाई र एस र जसपालाई एक/एक दिने सहमति जुटिसकेको छ ।

सहमतिअनुसार कांग्रेसले इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी पाउने छ भने माओवादीले जितपुर सिमरा र घोराही पाउनेछ । यता हेटौंडा नेकपा एस र जनकपुर जसपालाई दिने सहमति भएको छ ।

तर, अहिलेसम्म धरान र कलैयाको विषयमा सहमति नजुटेको बुझिएको छ । दलहरुबीच मंगलबार नै सबै विषयमा ठोस सहमति गर्ने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

मोडालिटीमै अलमलियो सत्ता गठबन्धन, एमाले धमाधम उम्मेदवार छान्दै

वि.सं.२०७८ चैत २९ मंगलवार १२:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...