back
CTIZAN AD

मोडालिटीमै अलमलियो सत्ता गठबन्धन, एमाले धमाधम उम्मेदवार छान्दै

वि.सं.२०७८ चैत २८ सोमवार

1K 

shares

काठमाडौं । स्थानीय निकायको निर्वाचन आउन अब मात्रै ३१ दिन बाँकी छ । तर, ३१ दिन बाँकी हुँदा पनि सत्ता गठबन्धनका दलहरुले न त घोषणा पत्र तयार गर्न सकेका छन् न त उम्मेदवार छान्न । निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलहरु तालमेलको मोडालिटीमै अलमल परेका छन् ।

केही दिनदेखि मोडालिटी तयार गर्न दलहरु पटक–पटक छलफलमा जुटेको भएपनि निष्कर्ष भने निस्कन सकेको छैन् । सोमबार बसेको गठबन्धनको बैठक पनि विना निष्कर्ष टुंगीएको छ । दलहरुभित्र आन्तरिक रुपमै तालमेलको विषयमा सहमति नजुट्दा निष्कर्ष निस्कन नसकेको हो ।

गठबन्धनका दलहरुबीच आसन्न स्थानीय निर्वाचनमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने सहमति भएको भएपनि धेरैजसो स्थानमा कसको उम्मेदवार हुने भन्ने अलमल छ । दलहरुबीच कुन स्थानीय तह आफुले लिने र कुन छाड्ने भन्ने विषयमा विवाद देखिन्छ ।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । समितिले तालमेलको मोडालिटीबारे सुझाब पनि दिएको छ । तर, मुख्यतः नेपाली कांग्रेसभित्रै पौडेल नेतृत्वको समितिले बुझाएको सझाबप्रति विवाद भएको देखिन्छ । शेखर कोइराला पक्षले शुरुदेखि नै पौडेल नेतृत्वको समितिप्रति अविश्वास देखाएको थियो ।

एमालेलगायतका दलहरु धमाधम उम्मेदवार टुंग्याउँदै

सत्ता गठबन्धन अलमलमा पर्दा प्रमुख प्रतिपक्षी एमालेलगायतका साना दलहरुले भने धमाधम उम्मेदवार टुंगो लगाउन थालेका छन् । राजनीतिको केन्द्रमा देखिएको भरतपुर महानगरमा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार एमालेले प्रदेश सांसद विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

भरतपुरमा माओवादी केन्द्रले आफ्नो उम्मेदवार हुनुपर्ने दाबी गरिरहेको छ भने कांग्रेसले पनि नछाड्ने अडान लिएको छ । जहाँ एमालेले उम्मेदवार तय गरेसँगै सत्ता गठबन्धनलाई थप दबाब बढेको देखिन्छ ।

यता दमकमा राप्रपाले उम्मेदवार टुंगो लगाएको छ । एमालेसँग तालमेलको तयारी गरिरहेको राप्रपाले शनिबार राम थापालाई एकल रुपमै मेयरको उम्मेदवार घोषणा गरेको हो ।

एमालेले वडा तहदेखि नै उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । एमालेले चैत २६ सम्म उम्मेदवार टुंग्याउन तयारी गरेको भएपनि उसले क्रमशः वडा तहदेखि नै टुंग्याउने प्रक्रिया शूरु गरेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १२:१२ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...