back
CTIZAN AD

‘खल्ती’ बाट बिल भुक्तानी गर्दा प्रयोगकर्तालाई १०% भ्याट फिर्ता

वि.सं.२०७८ चैत २९ मंगलवार

615 

shares

काठमाडौं । ‘खल्ती’ एपबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा प्रयोगकर्ताले १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने भएको छ । नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउने भएको हो ।

खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको जनाएको छ । खल्तीका अनुसार वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् ।

खल्तीले १०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ % क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड गो क्यास लेस प्रयोग गरी छुट प्रदान गरेको जनाएको छ । खल्तीले जनाए अनुसार अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउने छ । उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउने छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनु पर्ने र साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता वर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि नदिईने खल्तीले बताएको छ ।

यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ । यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं ।”

यसैगरी यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी संजय कुमार साहले भने, “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ । यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ ।”

वि.सं.२०७८ चैत २९ मंगलवार ११:५५ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...