back
CTIZAN AD

एमालेसँग चुनावी तालमेल गर्न लागेको भन्दै दर्जनौ केन्द्रीय नेताले छाडे विप्लव

वि.सं.२०७९ वैशाख १ बिहीवार

777 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका पूर्वी जिल्ला इन्चार्जसहित दर्जनौ केन्द्रीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिए ।

जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गरे । अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उनको भनाई छ ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताएका छन् । नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।

“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन्” उनले भने, “अब पूर्व माओवादीहरु माओवादी धारामा केन्द्रीत भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।”

माओवादी आन्दोलनमा देखा परेका वैचारिक तथा संगठनात्मक विवादलाई पार्टी विभाजन गर्ने तहसम्म पुर्याउनु गलत भएको उनले बताए । जनयुद्दलाई नस्वीकार्ने एमाले जस्तो शक्तिसँग गठबन्धनको षडयन्त्र विप्लवले गरेको बताए ।

यी हुन् विप्लव छाड्ने नेताहरू

श्रवण,
मुक्ति,
राप्ती,
पुकार, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य
पर्वत, घाइते अपांग योद्धा संघ
आवश्यकता ,पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्
क्षितिज, पूर्व ब्यूरो सदस्य
बिहानी, पूर्व बटालियन कमाण्डर
करण, पूर्व कम्पनी कमाण्डर
सोपान, पूर्व कम्पनी कामाण्डर
रविन, पूर्व कम्पनी कमाण्डर
जनक सिंह, वकिल
दोभान, पूर्व ब्यूरो सदस्य
मोहित, पूर्व कम्पनी कमाण्डर
कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
रण ब. भण्डारी शिक्षक संगठन
दीपक भण्डारी पूर्व के.स अखिल क्रान्तिकारी
तुफान पूर्व कम्पनी भिसी
भक्त वयक जिल्ला सदस्य पार्टी
संगम पूर्व कम्पनी भिसि
राजकुमार पूर्व कम्पनी भिसि
विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटि सदस्य
इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
बुद्ध गुरु.ग पूर्व जिल्ला सदस्य धादिंग
चेरोंग तामांग रसुवा पूर्व जिल्ला सदस्इ
देव तामा विशेष फोर्स सदस्य
ज्ञानु बम नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
हरि नेपाली केन्द्रीय सदस्य

वि.सं.२०७९ वैशाख १ बिहीवार १५:४० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...