Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

के निर्वाचन सर्छ ? सर्‍याे भने के हुन्छ ?



काठमाडाैं । निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले “रकेट उडिसकेको हुँदाबिचमा रोकेर दुर्घटना गराउने प्रश्न हुँदैन, रकेट गन्तव्यमा पुग्छ” भनेर लगातार बोलिरहँदा पनि निर्वाचन हुने की नहुने भन्ने सशंय बढिरहेको छ । संवैधानिक आयोगका माननीय दिनेश थपलियाले स्थानीय तहको चुनाव नरोकिने भनेर बोल्नुपरिहेको कारणले पनि स्थानीय तहको चुनाव रोकिने त होइन भन्ने शंका बढेको अनुमान गरिएको हो ।

संवैधानिक आयोगका माननीय दिनेश थपलियाले स्थानीय तहको चुनाव नरोकिने भनेर बोल्नुपरिहेको कारणले पनि स्थानीय तहको चुनाव रोकिने त होइन भन्ने शंका बढेको अनुमान गरिएको हो ।

देशका प्रमुख कार्यकारी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन रोक्ने आन्तरिक चाहना पनि छैन र उनले कुनै पनि झोँकमा यस्तो संकेत गरेका पनि छैनन् । त्यसो त पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्वाचन रोकाउन खोज्ने गरी कतै अभ्यास गरेको पनि पाइँदैन र बोलीमा पनि त्यस्तो कतै देखिँदैन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता भलनाथ खनालले पनि स्थानीय तहको चुनाव रोकियोस् भन्ने गरी कुनैपनि गतिविधि गरेको देखिदैँन ।

त्यसो त पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट पनि त्यस्तो कुनै छनक देखिएको छैन । उनले चुनाव रोकाउने षडयन्त्रप्रति नै खबरदारी गर्दै आएका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि स्थानीय चुनाव सार्नका लागि कुनै प्रपञ्च रचेको पाइँदैन । उनका अर्का सहयात्री उपेन्द्र यादवले पनि त्यस्तो संकेत कतै देखाएका छैनन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र मशाल महामन्त्री मोहनविक्रम सिंहको पनि चुनाव सार्ने मनशाय देखिएको छैन । राप्रपाको अध्यक्षमा पराजित भएर राप्रपा नेपाल खोलेका कमल थापा, जसपाबाट विभाजित महन्त ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत कसैले पनि चुनाव सार्ने औपचारिक प्रयास गरेको पाइएको छैन ।

विप्लवलाई कारक बनाएर चुनाव सार्न नहुने पक्षमा गगन थापालगायतका नेताको जोड छ । नेकपा फुटेर टुक्रा–टुक्रा भएको स्थितिमा निर्वाचन गराउँदा नेपाली कांग्रेसलाई फाइदा (भलै गठबन्धनमै किन नहोस्) हुने भएकोले कांग्रेस चुनाव सार्ने पक्षमा छैन

किन बढ्यो संशय ?

तत्कालीन प्रधानमन्त्रीसँग ३ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले आफ्नो लामो बैठकबाट समेत निर्वाचनसम्बन्धी प्रष्ट लाइन ल्याउन सकेन । सुरुमा निर्वाचनको पक्षधर भनिएका धमेन्द्र बास्तोला र हेमन्त ओलीहरु बैठकमा विप्लवको लाइनको विपक्षमा गएर बहुमतबाट हुबहु पास गर्न दिएनन् ।

तथापी एमसीसीको विपक्षमा रहेका र आफु निकट स्वतन्त्र उम्मेदवारलाई सघाउने बाटोमा आएका विप्लव र प्रकाण्डले निर्वाचन आयोगमै पुगेर निर्वाचनमा जाने बाटोको सम्भावना बारे अनुरोध गरेका थिए । उनीहरुले यो अनुरोध प्रधानमन्त्री र विपक्षी दल एमालेका अध्यक्षसहित शक्ति केन्द्रहरु समक्ष गरेको प्रचार बाहिर आएको थियो । उनीहरुको चाहना हुनु र अनुरोध गर्नु बेग्लै प्रश्न भएपनि उनीहरुकै कारण चुनाव सर्ने भएको देखिन्न । यद्यपी विप्लवभित्र यो घटनाले बढी कित्ताबन्दी हुन थालेको र संगठितरुपले नेकपा (माओवादी केन्द्र) सँग एकता प्रक्रिया बढ्न थालेको पनि देखिएको छ ।

विप्लवलाई कारक बनाएर चुनाव सार्न नहुने पक्षमा गगन थापालगायतका नेताको जोड छ । नेकपा फुटेर टुक्रा–टुक्रा भएको स्थितिमा निर्वाचन गराउँदा नेपाली कांग्रेसलाई फाइदा (भलै गठबन्धनमै किन नहोस्) हुने भएकोले कांग्रेस चुनाव सार्ने पक्षमा छैन । फेरि वाम एकता कुरेर चुनाव गराउँदा लहर आउने प्रतिक्षामा बसेका वाम कार्यकर्ताहरुको चाहना पनि नेतृत्वबाट सम्बोधन नहुने छाँट देखिएकाले आ–आफ्नो मोर्चा र कित्ताबाट स्थान सुरक्षित गर्नु उपयुक्त हुन्छ भनी उनीहरु पनि चुप लागेको स्थिति छ । गर्नु उपर्युक्त हुन्छ भनी उनीहरु चुप लागेको स्थिति छ ।

चुनाव भएपनि भै हाल्ने केही छैन, नभएपनि बिति हाल्ने केही छैन । नहुँदा अध्यादेशमार्फत् स्थानीय तह सञ्चालन गर्नुपर्ने बाध्यता आउन सक्ला, हुँदा असोजसम्म म्याद भएकाले अन्याय ठान्लान् । जब चुनावको विपक्षमा प्रभाव देखिन्न धेरै टाउको दुखाइ गरिरहनु पर्ला र ?

त्यसो त केही स्थानीय पदाधिकारीहरुको म्याद असोजसम्मै रहेको तथा ती तीनै तहको निर्वाचनसँगै गराउँदा मुलुकमा ठुलो धनराशी जोगिने र नयाँ अभ्यास पनि बस्ने कुरा छलफलमा आएका हुन् । तर, देश र जनताको यो वास्तविकतालाई सही ढंगले सम्प्रेषण गर्न केही तयार छैनन् । कसैले पनि निर्वाचन सार्नुपर्यो भनेर हार–गुहार गरेको वा असहज परिस्थिति सिर्जना गरेको पनि देखिँदैन । तर, साँझ बिहान शंकाको चिसो आएको छ ‘चुनाव हुन्छ कि हुँदैन ।’

चुनाव भएपनि भै हाल्ने केही छैन, नभएपनि बिति हाल्ने केही छैन । नहुँदा अध्यादेशमार्फत् स्थानीय तह सञ्चालन गर्नुपर्ने बाध्यता आउन सक्ला, हुँदा असोजसम्म म्याद भएकाले अन्याय ठान्लान् । जब चुनावको विपक्षमा प्रभाव देखिन्न धेरै टाउको दुखाइ गरिरहनु पर्ला र ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय