काठमाडौं । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषदले गरेका निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराए ।
त्यस्तै, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत् आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
त्यस्तै, मन्त्रीपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ।
अन्य निर्णय यस्ता

वि.सं.२०७९ वैशाख २ शुक्रवार १४:५८ मा प्रकाशित






























