back
CTIZAN AD

दुर्घटनामा परी ३६० जनाको मृत्यु

वि.सं.२०७९ वैशाख २ शुक्रवार

660 

shares

चितवन । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।

फागुनमा भएका १७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३३५ घाइते भएका छन् ।

बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन् । यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उनले बताए ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:०० मा प्रकाशित

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...