back
CTIZAN AD

रोहित कुमारको ‘अ जोर्नी अफ इनोसेन्स’को बिमोचन

वि.सं.२०७९ वैशाख ४ आइतवार

735 

shares

काठमाडौं । डा. रोहित कुमार नेपालीको ‘अ जोर्नी अफ इनोसेन्स एन इन्साइडर आउटसाइडर परस्पेक्टिभ’ बिमोचन भएको छ ।

शनिबार नेपाल कला परिषदको हलमा एक समारोहबीच उक्त पुस्तक बिमोचन गरिएको हो । पुस्तकको बिमोचन लेखक तथा साहित्यकार कृष्ण मानन्धर, हरि शर्मा, कृष्ण बिहारी श्रेष्ठ र लेखक स्वयंले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

पुस्तकको सम्बन्धमा कार्यक्रममा सहभागी अतिथिहरु कृष्ण मानन्धर, हरि शर्मा र कृष्ण बिहारीले टिप्पणी गरेका थिए ।

पुस्तकमा लेखक रोहितले जीबन यात्राको क्रममा आफुले प्राप्त गरेका अनुभवहरुलाई मानवशास्त्रीय, समाजशास्त्रीय, सांस्कृतिक, आदि लगायतका कोणबाट समेटेका छन् ।

अतिथि हरी शर्माले पुस्तकले पाठकहरुलाई उ बेलाको नेपाल देखि भारतसम्मको परिवेश र रोहितको जीवन अनुभव पस्केको बताउँदै अहिलेको पुस्तालाई सो पुस्तकले उ समयको विषयको जानकारी दिन मद्दत गर्ने बताए ।

त्यस्तै अर्का अतिथि कृष्ण बिहारी श्रेष्ठले लेखक नेपालीको पुस्तक मानवशास्त्रीय कोणबाट उत्कृष्ट पुस्तक भएको बताएका थिए ।
लेखक नेपाली मानवशास्त्र विषयमा विद्यावारिधी गर्नुका साथै लामो समय अनुसन्धान, योजना, प्रशिक्षण, सरकारी, निजी तथा गैह्रसरकारी क्षेत्रमा काम गरेका व्यक्ति हुन् ।

पुस्तकको बिमोचनका साथै लेखक नेपालीले बनाएका उत्कृष्ट दर्जनौ कलालाई प्रर्दशनीमा राखिएको थियो ।

विभिन्न क्षेत्रसँग आवद्ध सयौं व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा अतिथि तथा आगन्तुकहरुलाई सेन्टर फर नेपलिज कल्चरका अध्यक्ष सुवास सिंखडाले स्वागत गरेका थिए भने कार्यक्रमको व्यवस्थापन पनि सेन्टर फर नेपलिज कल्चरले गरेको थियो ।

 

वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:२९ मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...