back
CTIZAN AD

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी

वि.सं.२०७९ वैशाख ४ आइतवार

825 

shares

किभ ।  रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् । सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारीअनुसार अरु १० हजारभन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन् ।

घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । मृतक तथा घाइतेहरुले देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिँगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथी आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ । सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भए पनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्तामार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।सिन्ह्वा

वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:३७ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...