back
CTIZAN AD

फिलिपिन्समा बाढीपहिरामा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

वि.सं.२०७९ वैशाख ४ आइतवार

855 

shares

मनिला । फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरुको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरुको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयंसेवकहरु र स्थानीयवासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ ।

मेगीबाट सबैभन्दा प्रभावित लेटेकोमध्य प्रान्तमा विनाशकारी पहिराले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ । यसवर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ ।

जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् । अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिराले बगाएको पिलारको तटिय गाउँबाट शुक्रबार पनि दर्जनौँ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ ।

घटनास्थलमा राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि स्थलगत अवलोकन गरेका छन् । उनले खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै पीडितहरुलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।एएफपी

वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:४० मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...