back
CTIZAN AD

दिल्लीलाई पराजित गर्दै बेङ्गलोर उक्लियो अकं तालिकाको तेस्रो स्थानमा

वि.सं.२०७९ वैशाख ४ आइतवार

714 

shares

४ वैशाख, काठमाडौँ । दिल्ली क्यापिटल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोर आईपिएल अकं तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेङ्गलोरले आफ्नो छैठौँ खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हा ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको रोयल च्यालेन्जर्स बेङ्गलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा ग्लेन म्याक्सवेल र दिनेश कार्तिकले अर्धसतकीय पारी खेलेका थिए । ग्लेन म्याक्सवेल ३४ बलमा ५५ रन बनाएर आउट भएका थिए भने दिनेश कार्तिक ३४ बलमा ६६ रन बनाएर नटआउट रहेका थिए । बलिङ्ग तर्फ दिल्ली क्यापिटल्सका लागि शादुर्ल ठाकुर, कुलदिप यादव, खलिल अहमद र अक्सर पटेलले समान १/१ विकेट हात पारेका थिए ।

१९० रनको विशाल लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ब्याटिङ्गमा डेविड वार्नरले ३८ बलमा ६६ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । बेङ्गलोरका लागि बलिङ्गमा जश हेजलवुडले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १०:१६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...