back
CTIZAN AD

स्याङ्जामा जीप दुर्घटना, ५ जनाकाे मृत्यु

वि.सं.२०७९ वैशाख ४ आइतवार

702 

shares

काठमाडौं । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ –१२ डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै आइतबार जीप दुर्घटना भएको हो ।

डाँडाखर्कदेखि वालिङतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप भित्री सडक खण्डबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले जनाएअनुसार दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार घटनास्थलमै ४ जना र उपचारका क्रममा थप १ जनाको मृत्यु भएको हो ।

घटनामा घाईते ६ जनालाई गण्डकी मेडिकल कलेज, पोखरा लगिएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु बोकेको जीप आइतबार बिहान साढे १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा गाडी चालक पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १२:३५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...