back
CTIZAN AD

भरतपुर महानगरका बुद्दिजीवीहरुको सम्मेलन, अध्यक्षमा प्रमोद तिवारी निर्वाचित

वि.सं.२०७९ वैशाख ४ आइतवार

975 

shares

चितवन । बागमती प्रदेशको चर्चित महानगरपालिका भरतपुरमा बुद्दिजीवीहरुको सम्मेलन सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) को प्रमुख जनवर्गिय संगठन नेपाल बुद्दिजीवी संगठनमा आवद्ध बुद्दिजीवीहरुको सम्मेलन मार्फत् प्रमोद बाबु तिवारीलाई अध्यक्षमा निर्वाचित गरेका हुन् ।

No description available.

नेकपा (माओवादी केन्द्र) का नेता नारायण दाहालको प्रमुख आतिथ्यता, महानगरका पार्टी इन्चार्ज घनश्याम दाहाल (अविनाश) को विशिष्ठ आतिथ्यता र पार्टी केन्द्रीय सल्लाहकार तथा बुद्दिजीवी संगठनका अनुशासन आयोग प्रमुख टेक बहादुर थापा, संगठनका सल्लाहकार प्रा.डा भीमराज अधिकारी, केन्द्रीय सदस्य विनोदखण्ड तिमिल्सीना, महानगरकी पार्टी उपाध्यक्ष पवित्रा रिजाल, कोषाध्यक्ष हरिशचन्द्र सुवेदी लगायतले शुभकामना दिएका थिए ।

No description available.

केदार बरालको अध्यक्षता र प्रमोदवावु तिवारीको संचालन एवं प्रतिवेदन प्रस्तुत रहेको सो सम्मेलनमा भरतपुर महानगरका अधिकांश वडाबाट बुद्दिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नारायण दाहाल तथा प्रदेशमन्त्री घनश्याम दाहाल ‘अविनाश’ ले समाजवादको आधारका लागि बुद्दिजीवहरुको बैचारिक बहश बढानउनुपर्नेमा जोड दिएका थिए ।

यस्तो छ भरतपुरको नेतृत्व
अध्यक्ष प्रमोदबाबु तिवारी, उपाध्यक्ष केदार देवकोटा, बालानन्द दवाडी, मिरा अधिकारी, सचिव ओमकार पाण्डे, कोषाध्यक्ष कमला घर्ती, सहसचिव नारायण प्रसाद रेग्मी, चिन्तामणि पौडेल र सिर्जन अविरल रहेका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद भट्ट, खगराज कँडेल, शोभाखर अधिकारी, शीवलाल भट्टराई, मीलन अधिकारी, रमाकान्त आचार्य, खेम बहादुर पाठक, वीरेन्द्र पोखरेल, बुद्धिमान विश्वकर्मा, तुल बहादुर हमाल, निर्मला वराकोटी, प्रतिमा अधिकारी, मिरा श्रेष्ठ, थानप्रसाद सुवेदी, प्रभा मरहठ्ठा कोइराला, युवराज लम्साल, शालिकराम पोखरले, हेमराज शर्मा, रामकुष्ण कोइराला, रामजी कुमालm नारायण दाहाल,श्रीप्रसाद ढुंगाना, नन्दलाल पौडेल, टीकाराम देवकोटा, तीर्थ पौडेल, ठाकुर भट्ट, सुर्य ढुंगाना, बाबुराम पोखरेल, कृष्ण पौडेल, कालिदास पाण्डे, पदम न्यौपाने, नविन भण्डारी, दामोदर गौतम, सीपी सेढाई र रुद्रनाथ दवाडी लगायत ४५ जना निर्वाचित भएका छन् ।

झापामा संगठन अभियान
बुद्दिजीवी संगठनकी प्रदेश १ की अध्यक्ष राधिका ओझाका अनुसार झापाको कन्काई नगरपालिकामा युवराज कार्की अधयक्ष, संझना नेपाल, उपाध्यक्ष र सचिव खगेन्द्र पाठक लगायत रहेको ९ सदस्यीय समिति निर्माण भएको छ । त्यसैगरी गौरादह नगरपालिकामा श्याम पोखरेलको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित भएको छ भने कमल गाउँपालिकामा निधिरत्न अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १२:२५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...