back
CTIZAN AD

गोरेटो बाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि पुनः निर्माण हुँदै

वि.सं.२०७९ वैशाख ४ आइतवार

1.9K 

shares

बलेवा । गोरेटो बाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि पुनः निर्माण हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराले गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि मर्मत तथा निर्माणको अभियान थालेको छ ।

दश वर्ष अघिसम्म  भीमापोखराका सबै टोलमा गोरेटो बाटो थिए । गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो मानिस र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थाले । बनेका सडक विस्तार होस् वा नयाँ बन्ने सडक किन नहुन् ? सबैको पहिलो प्रहार बन्यो, गोरेटो बाटो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने र बिना स्टिमेट बन्ने सडकका लागि पहिलेकै गोरेटो पदप्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरे । तर अहिले तिनै गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।

सडक सबैका घर–घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ती र मलामी जाँदा होस् हिउँदमा धुलाम्मे र वर्षाको हिलाम्मे समयमा हुने सडकले अहिले पुराना गोरेटाको याद दिलाउँछन् । भीमापोखरामात्रै होइन, बागलुङ जिल्लाभर रहेका अधिकांश वडामा रहेको समस्या हो यो । गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि भीमापोखराले मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो दुई वर्षमा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको वडाले जनाएको छ ।

“हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ”, स्थानीय सविना शर्माले भने, “पहिलै मास्न हुन्थेन, अहिले भए पनि बनेका छन् ।” सडक बनाउँदा गोरेटो काटेर बनेका अग्ला कान्ला र माटो भरिएर बनेको भीमाका स्थानीयवासीले कष्टले यात्रा गर्ने गरेका थिए । अप्ठ्यारो छिचोलेर पुरानो गोरेटोमा पुग्दा मानिसको आवतजावत कम भएकाले गोरेटोमा जङ्गल भरिएको थियो ।

“पहिले हामीले डहर भन्थ्यौँ, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौँ”, वडाध्यक्ष विद्यापति शर्माले भने, “सवारी कुद्ने सडकमात्रै सबै कुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटो मर्मत र पुनःनिर्माण गरेका छौँ ।”
सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुनःनिर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन । “सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ”, शर्माले भने, “मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुनःनिर्माण थालेका हौँ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर वडाले गोरेटो बाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडाध्यक्ष शर्माको भनाइ छ । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी हर्षित छन् ।
रासस/फाइल फोटो

वि.सं.२०७९ वैशाख ४ आइतवार १२:२० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...