back
CTIZAN AD

रामचन्द्रको जिल्लामा कांग्रेसभित्र भाँडभैलो, जोशी समूह र एमालेबीच बन्यो गठबन्धन

वि.सं.२०७९ वैशाख ४ आइतवार

723 

shares

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच तनहुँमा चुनावी तालमेल हुने भएको छ । शनिबार एमाले र जोशी समूहबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

एमाले र जोशी समूहबीच तनहुँका १० वटै स्थानीय तहमा भागवण्डा पनि भएको छ । सहमतिअनुसार व्यास नगरपालिकाको मेयरमा जोशीका आफ्नै छोरा दीपक जोशी उम्मेदवार बन्नेछन् ।

तालमेललाई प्रभावकारी बनाउन एमाले र जोशी समूहबाट चार–चार जना गरी आठ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन भएको छ । दीपकराजले यसअघि नै व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

नेता जोशीले कांग्रेसले सम्मानजनक व्यवहार नगरेको कारण एमालेसँग सहकार्य गर्न पुगेको टिप्पणी गरेका छन् । “कांग्रेस पार्टी हामीसँग मिल्न खोजेन, तिमीहरुको सहयोग चाहिएन भनेपछि हामी एमालेसँग सहमति गर्न बाध्य भएका हौं”, जोशीले सञ्चार माध्यमसँग भनेका छन्, “तनहुँका १० वटै पालिकामा गठबन्धन हुनेछ तर, हामीले सूर्य चिन्ह लिँदैनौं, हामी स्वतन्त्र चुनाव चिन्हबाट चुनाव लड्छौं ।”

तनहुँमा नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच द्वन्द्व छ । जोशी ०७४ सालको संघीय निर्वाचनमा पार्टीको उमेदवार रामचन्द्र पौडेललाई हराउन लागिपरेको भन्दै कारबाहीमा परेका छन् । उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । त्यसयता जोशीले तनहुँमा कांग्रेससँग समानान्तर गतिविधि गर्दै आएका छन् ।

कांग्रेसको बलियो पकड भएको जिल्लाका रुपमा चिनिएको तनहुँमा एमाले र जोशी समूहबीच सहकार्य भएसँगै आगामी चुनावी नतिजा कांग्रेसको विपक्षमा आउने अनुमान भएका छन् । जोशी समूहले खडा गरेको समानान्तर समूह संस्थापन सरह नै बलियो भएको धेरैको बुझाइ छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार ११:५४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...