back
CTIZAN AD

नेपालमा राजतन्त्र पुनःस्थापना: भ्रम र यथार्थ

वि.सं.२०७९ वैशाख ४ आइतवार

3.4K 

shares

इतिहासको कुनैकालखण्डमा विश्वका धेरैदेशहरुमा राजतन्त्र थियो। एकपछि अर्कोगर्दै राजतन्त्रहरु ढल्दै गए।पतन हुँदै गए। औलामा गन्न सकिने राजतन्त्रमा सिमित भयो विश्व। राजतन्त्रात्मक मुलुकबाट कान्छो गणतन्त्रात्मक मुलुक बन्यो नेपाल। रक्तपात बिना राजतन्त्र पतन हुनु दुनियाँको लागि एउटा उदाहरण थियो, नेपाल।

2065 सालवाट बिधिवत बिदाई भएको राजतन्त्र र यसका नायक ज्ञानेन्द्र शाह फेरि सत्तामा फर्कन्छ्न भन्ने भ्रम केही पुरातनवादी शक्ति खास गरि राप्रपासँग निकट मानिसहरु भनिरहेका छ्न। ज्ञानेन्द्र शाहले पनि बेलाबेलामा केहीन केही त्यस्तै अन्टसन्ट भाषा प्रयोग गरि बोल्ने गर्दछ्न। यसले राजतन्त्र फर्किन्छ भन्नेलाई बलपुगेको हुनसक्छ। साच्चिकै राजा र राजतन्त्र फर्किएला त ? बुढापाकाहरु, पुरातन सोचभएकाहरु र बिगतमा राजतन्त्र हुँदा फाईदा लिएकाहरुले अहिले पनि राजतन्त्र छिटै फर्कने भबिस्यबाणी गर्दछ्न। त्यसका केही भ्रम र यथार्थ यसप्रकार छ्न :-

खासमा राजा वा राजतन्त्र भन्दा पनि अहिलेको शासन ब्यवस्था भद्दा र पत्रु भयो। यसले जनतालाई डेलिभरी गरेको सेवाप्रति आममानिसको गुनासो छ। देशमा भ्रष्टाचार बढ्नु, जनताको जीवनस्तर सुधार नहुनु, गरिब र धनीबिचको खाडल बढ्नु, अराजकता बढ्नु, राष्ट्रियता कमजोर हुनु, भीमकाय र खर्चिलो संघिय ब्यवस्था हुनुले मानिसलाई पुरानै ब्यवस्था ठिक होकि भन्ने लागेको हुनसक्छ ।

Civilization प्रक्रिया ढिलो हुन सक्छ,सुस्त हुनसक्छ। बिरलै घटनाबाहेक Civilization प्रक्रिया पछाडी फर्कन सक्दैन। दुनियाँमा फर्किएको पनि छैन। राणाशासन पतन भएको लामो समयपछि पनि मानिसहरु राणाहरु शासनमा फर्कदै छ भन्ने हल्ला गर्थे। पन्चायति ब्यवस्था हटेको एकदशकसम्म फेरि पन्चायत फर्कन्छ भन्थे। राजतन्त्र फर्किन्छ भन्नु त्यस्तै आत्मारती मात्र हो।

नेपालमा शाहवंश वा ज्ञानेन्द्र वा राजतन्त्र निम्न कारण फर्कने सम्भावना देखिदैन ।
पहिलो संभावना – 75 बर्ष पार गरेको मानिस फेरि राजा हुन्छ वा सत्तामा फर्कन्छ भन्नु कोरा कल्पना बाहेक केही होइन।
दोस्रो संभावना – ज्ञानेन्द्र शाहको छोरा पारस शाह गतिलो भएको भए एउटा संभावना जिवित हुन्थ्यो कि ? त्यो च्यापटर नै क्लोज। एउटा लफङ्गा मानिस राजा हुन्छ र राज्य चलाउछ भनेर अनुमानै गर्न सकिँदैन।
तेस्रो संभावना – ज्ञानेन्द्रको नाति हृदेन्द्र बिचरालाई आममानिसले चिन्दा पनि चिन्दैनन। त्यस्तो पात्र के राजा होला ? के राजतन्त्र फर्काउला ! त्यसैले राजा वा राजतन्त्र फर्कन्छ भन्नु भ्रम मात्र हो। आत्मरति मात्र हो।

शाह वंशिय राजतन्त्र फर्कदैन। थाहा छ। थाहा नभए पनि थाहा होस। तैपनी केहि मानिस भन्छ्न, राजतन्त्र फर्किदिए हुन्थ्यो । यो भनाईसग केही पेचिला सवालहरु भने जोडिएका छ्न। खासमा राजा वा राजतन्त्र भन्दा पनि अहिलेको शासन ब्यवस्था भद्दा र पत्रु भयो। यसले जनतालाई डेलिभरी गरेको सेवाप्रति आममानिसको गुनासो छ। देशमा भ्रष्टाचार बढ्नु, जनताको जीवनस्तर सुधार नहुनु, गरिब र धनीबिचको खाडल बढ्नु, अराजकता बढ्नु, राष्ट्रियता कमजोर हुनु, भीमकाय र खर्चिलो संघिय ब्यवस्था हुनुले मानिसलाई पुरानै ब्यवस्था ठिक होकि भन्ने लागेको हुनसक्छ । मानिसहरुले राजतन्त्र र राजा भन्दा पनि सुशासन, बिकास र पारदर्शिता खोजेका हुन। त्यो भन्दा बढी केही होइन भन्ने लाग्छ।

वर्तमान ब्यवस्थाले ठिक समयमा मानिसहरुका निराशा उपचार गरेन भने राजतन्त्र त होइन कुनै नयाँ शक्ति सिर्जना नहोला भन्न सकिन्न। अहिलेका पार्टीले कि आफुलाई सच्याउनु पर्छ नभए एकखालको नयाँ राजनीतिक शक्ति उदाउन सक्ने अवस्था जिवित छ । त्यो भारतमा उदाएको आमआदमी पार्टी जस्तो बिना ‘वाद’ को पार्टी हुन पनि सक्छ । अहिलेको नयाँ पुस्ता पुरानो पुस्ता जस्तो होइन । यो राजनीतिमा चासो राख्दैन। यो पुस्ता भनेको पत्रीकाको हेडिङ पढ्ने, ईन्टरनेटमा लिप्त हुने पुस्ता हो। यिनिहरुलाई वादमा आधारित पार्टी मन पर्दैन । यद्यपि उनीहरु खुलापन र स्वतन्त्रता चाहान्छ्न। देशको यो गन्जागोल राजनीतिबाट मुक्ति चाहान्छ्न । मुक्तिका लागि पढ्ने वा काम गर्ने बहानामा बिदेश पलायन भइराखेका छ्न । यसले राज्यको अब्यवस्थापन प्रष्ट देखाउछ। सामाजिक संजालमा पोखिएका भावना तेसैको प्रतिरुप हुन।

अन्तमा, राजतन्त्र होइन, त्यो फर्कदैन तर बर्तमानका पार्टी नसुधारिए वा यो शासन प्रणाली नफेरिए अर्को कुनै शक्तिको उदयलाई भने नकार्न सकिन्न।

लेखक दाहाल  त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् ।

वि.सं.२०७९ वैशाख ४ आइतवार ११:२५ मा प्रकाशित

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...