back
CTIZAN AD

अमेरिकामा गाडीको ठक्करबाट ३२ वर्षीय नेपाली युवाको मृत्यु

वि.सं.२०७९ वैशाख ४ आइतवार

921 

shares

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा गाडीको ठक्करबाट एक नेपपाली युवाको मृत्यु भएको छ ।

प्रज्वल बिक्रम बिष्ट नामका ती ३२ बर्षिय नेपाली युवाले चलाएको कारलाई अर्को गाडीले ठक्कर दिँदा विष्टको मत्यु भएको हो ।

क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो शहरमा उक्त दुखद घटना भएको थियो ।

साक्रामेन्टो शहरस्थित वुडल्याण्ड पश्चिममा उक्त घटना हुँदा घटनास्थलमै उनको निधन भएको विष्टका माइला बुवा नेपालका चर्चित गायक तथा नेपालकै प्रथम पप सम्राट (पप किङ्ग) ओम बिक्रम बिष्टले जानकारी दिएका छन् ।

वरिष्ट गायक बिष्टका अनुसार आफ्नो गाडी रातो बत्तिमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिएपछि उनको ज्यान गएको हो । उक्त घटना गत बिहिबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो ।

गत बर्ष मात्र क्यालिफोर्निया आएका स्व बिष्टले आफ्नी पत्नीको गाडी हन्डा सिभिक चलाई काममा जाने क्रममा उक्त दुर्घटना भएको भन्दै पप सम्राट बिष्टले दुःख व्यक्त गरेका छन् ।

मृतककी आमा मुना बिष्ट हाल नेपालमै रहेको र बाबु अनन्त बिक्रम बिष्ट १५ बर्षदेखि अमेरिकामै रहेको वरिष्ट गायक ओम बिक्रम बिष्टले जानकारी दिए ।

क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार राजमार्ग १६ मा भएको उक्त दुर्घटनामा शेभ्रोलेट ईमपाला जातको गाडी ९७ राजमार्गमा जाने क्रममा स्व बिष्टको गाडीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार विष्टलाई दुर्घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

प्रहरीका अनुसार अर्का चालक गम्भीर घाइते भएका छन् । २५ बर्षिय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार ११:०५ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...