Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सबभन्दा कमजोर विद्यार्थी पनि ‘अब शिक्षा विषय लिएर पढ्छु’ भन्छन्



कक्षा १० को परीक्षा(एसईई) शुरू हुँदैछ । अभिभावक, शिक्षक, विद्यार्थी सबैलाई त्यो परीक्षाको चिन्ता हुन्छ । लाग्छ, त्यति नै चिन्ता पढाइ–सिकाइ, परीक्षामा लेख्ने सीप आदिमा पनि भइदिए कस्तो हुँदो हो १ तर स्थिति उल्टो छ । कति सरकारी स्कूलमा त पढाइ नै सकिएको छैन र यसबारे कसैलाई वास्ता भएको पनि देखिंदैन ।

एसईईको प्रयोगात्मक परीक्षामा अंग्रेजीमा ‘एं’ पाएकी सुनिता शर्मा (नाम फेरिएको) ले लिखितमा चाहिं ‘इ’ ल्याइन् । अर्थात् उनी पास भइनन् । सुनितालाई सोधें, “तिम्रो स्कूलमा अंग्रेजीको प्रयोगात्मक परीक्षा लिइएको थियो ?” “अहँ”, सुनिताले भनिन् । अर्थात् एसईई जसरी भए पनि पास गराउनै पर्छ भनेर स्कूलले परीक्षा नै नलिइकन ‘उत्कृष्ट’ अङ्क हालिदियो । यो समस्या सुनिताको स्कूलको मात्र हो कि अन्यको पनि भनेर विभिन्न सरकारी स्कूलका करीब १०० जना विद्यार्थीको रिजल्ट हेरें ।

“कुनै विद्यार्थी कक्षा चढाउन योग्य ठहरिएन भने तिनका अभिभावक हूल बाँधेर आउँछन् र ‘सरकारले त फेल गराउन पाउँदैन तिमीहरूले कसरी फेल गराउँछौं, ल हेरौं त’ भन्न थाल्छन् । अनि शिक्षकहरू कक्षा चढाउन विवश हुन्छन् ।”

धेरै विद्यार्थीले प्रयोगात्मक परीक्षामा ‘एं’ वा ‘बीं’ ल्याएको देखिन्छ । तर तिनै विद्यार्थीले लिखितमा चाहिं ‘डी’, ‘इ’ आदि ल्याएका छन् । प्रयोगात्मक र लिखित परीक्षामा यति धेरै ‘ग्याप’ त नहुनुपर्ने हो भन्ने लागेर केही स्कूलका एसईई उत्तीर्ण विद्यार्थीलाई आफ्नो बारेमा नेपालीमा र अंग्रेजीमा दश–दश लाइन लेख्न लगाएँ । कक्षा ११ मा शिक्षा विषय लिएर पढ्दै गरेका ती किशोरीहरूलाई कक्षा ५ का विद्यार्थीलाई आउनुपर्ने जति पनि लेख्न नआएको देखेर म स्तब्ध भएँ ।

म जिल्लामा जाँदा प्रायः कुनै न कुनै सरकारी स्कूलमा गएर विद्यार्थीसँग छलफल गर्छु । कक्षा १० का विद्यार्थीलाई कक्षा ८ को अंग्रेजी किताब र कक्षा ८ का विद्यार्थीलाई कक्षा ६ को अंग्रेजी किताब पढ्न दिन्छु । दुःखको कुरा, धेरैजसो विद्यार्थीले ती किताब पढ्न सक्दैनन् । नेपाली विषयको पनि त्यही हालत छ । कक्षा १० का विद्यार्थीलाई ११ वा १२ को गुणन पनि आउँदैन ।

यस्तो हुनुका धेरै कारणमध्ये एउटा हो, नपढाए पनि शिक्षकको जागिर पाकिरहने र विद्यार्थीले नपढे पनि पास भइरहने नियम । धेरै मानिस सीधै भन्छन्, “सरकारी स्कूलका मास्टर त हल्लिएरै जागिर खान्छन् । कहिले स्कूल आउँछन्, कहिले आउँदैनन्, राम्ररी पढाउँदैनन् ।”
त्यसैले न्यून आय हुने व्यक्तिहरू पनि आफ्ना छोराछोरी निजी स्कूलमै पठाउन मन गर्छन् । “आमाबाबु वास्ता गर्दैनन् । स्कूलका भरमा मात्र त कसरी हुन्छ र रु अर्कातिर नजान्नेलाई पनि कक्षा चढाउनै पर्छ” शिक्षकहरू गुनासो गर्छन् ।

“पहिले हाम्रो स्कूलमा भारतबाट समेत विद्यार्थी आउँथे । विद्यार्थीको लागि छात्रावास पनि थियो । तर अहिले त यो स्कूलमा गरीबका छोराछोरी मात्र आउँछन् । हाम्रो स्कूलमा १५०० विद्यार्थी छन् । शिक्षकहरूले कसरी होमवर्क जाँच्नु, कसलाई उठाएर पढ्न लगाउनु, कति जानेको छ भनेर कसरी हेर्नु !” वस्तीपुर मावि, सिरहाका एक जना शिक्षकले दुःखेसो सुनाए ।

ठूलो खेल मैदान भएको स्कूलमा कक्षा कोठाहरू अति नै फोहोर थिए । एउटा कुनामा बिग्रिएका साइकल बेच्नको लागि थुपारिएका थिए । त्यही स्कूलमा बसेर मैले कमला सदाय, चमेली राम र उनीहरूका केही साथीसँग कुरा गरें । कक्षा ११ मा पढ्ने उनीहरूलाई जबर्जस्ती एसईई पास गराइएको थियो भन्ने बुझन मलाई गाह्रो परेन । उनीहरूलाई नेपालमा कति वटा जिल्ला छन् भन्नेदेखि नेपालको उत्तरमा कुन देश छ सम्म पनि थाहा छैन । १५ ले १८ लाई गुणन गर्न आउने त कुरै भएन ।

तिमीहरूले कसरी कक्षा १० पास ग¥यौ त भनेर सोध्दा उनीहरू बोलेनन्, यताउति हेरिरहे मात्र । “यसरी राम्रोसँग नेपाली र अंग्रेजी लेख्न नजान्ने विद्यार्थी पनि कसरी कक्षा १० सम्म पुगे त ?” धेरै शिक्षकको उत्तर थियो, “कुनै विद्यार्थी कक्षा चढाउन योग्य ठहरिएन भने तिनका अभिभावक हूल बाँधेर आउँछन् र ‘सरकारले त फेल गराउन पाउँदैन तिमीहरूले कसरी फेल गराउँछौं, ल हेरौं त’ भन्न थाल्छन् । अनि शिक्षकहरू कक्षा चढाउन विवश हुन्छन् ।” अभिभावक भेलामा आइहाले पनि विद्यार्थीको पढाइ सुधार गर्ने बारे कोही बोल्दैन । सबभन्दा कमजोर विद्यार्थी पनि ‘अब शिक्षा विषय लिएर पढ्छु’ भन्छन् । विज्ञान, गणितमा फेल भए पनि क्याम्पस पढ्न त पाइहाल्छ नि भन्ने भावनाले गर्दा विद्यार्थीले पढाइमा झ्न् ध्यान दिन छाडेका छन्– मैले भेटेका शिक्षकहरूको गुनासोको सार यस्तै थियो ।

डा उप्रैतीको फेसबुकबाट साभार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय