back
CTIZAN AD

गठबन्धनभित्र बढ्दो किचलो : के भरतपुरमा तालमेलको सम्भावना सकिएकै हो ?

वि.सं.२०७९ वैशाख ४ आइतवार

786 

shares

काठमाडौं । स्थानीय निकायको चुनाव आउन जम्मा २६ दिन बाँकी छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार अबको ७ दिनमा मनोनयन दर्ता गर्नुपर्छ । तर, मनोनयन दर्ता हुने समय नजिँकिदै गर्दा पनि सत्तारुढ दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन् ।

सत्तारुढ गठबन्धन साझा उम्मेदवार चयन गर्ने विषयमा अलमलिँदा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने धमाधम उम्मेदवार चयनको प्रक्रियामा अघि बढेको छ । एमालेले तल्लो तहदेखि सहमति वा प्रतिस्पर्धात्मक रुपमै उम्मेदवार चयन गरिरहेको छ । एमालेले चर्चामा रहेको भरतपुर महानगरमा उम्मेदवार चयन गरिसकेको छ । एमालेले गत आइतबार विजय सुवेदीलाई भरतपुर महानगरमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अन्य महानगर र उपमहानगर पनि एमालेले केही दिनमै टुंगो लगाउने तयारी गरेको छ । धेरै आकांक्षी रहेका स्थानीय तहमा एमालेभित्र धमाधम आन्तरिक चुनावी प्रतिस्पर्धा पनि भइरहेको छ ।

तर, साझा उम्मेदवार चयन गर्ने प्रयासमा जुटेको सत्ता गठबन्धनभित्र भने उम्मेदवार चयनको विषयमा थप किचलो देखिन थालेको छ । भरतपुरसहित थुप्रै स्थानीय तहमा कुन दलको उम्मेदवार बन्ने भन्ने विषय पेचिलोपूर्णं बन्दै गएको छ । यसअघि जितेका ठाउँमा सोही दलले दाबी गर्ने र एमालेले जितेका ठाउँमा सहमतिबाट अगाडि जाने पूर्ववत सहमतिबाट दलहरु आफैं पछाडि हट्न थालेका छन् ।

विशेषतः चुनावी तालमेल गर्ने विषयमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसभित्र आन्तरिक किचलो बढ्दै गएको छ । कांग्रेसभित्र अधिकांश स्थानीय तह आफ्नो अनुकुल भएको भन्दै गठबन्धन नगर्ने मत जबरजस्त देखिन थालेको छ । किचलो बढ्दै गइरहेका बेला कांग्रेसका केही नेताहरुले खुलेरै तालमेल नगर्ने विषयमा धारणा राख्न थालेका छन् ।

“भरपुरसहितका केहीमा मित्रवत प्रतिस्पर्धा”

कांग्रेसभित्र केन्द्रमा देखिएको भरतपुर महानगरपालिका सहितका केही स्थानीय तहमा तालमेल नगर्ने मत बलियो गरि देखिएको छ । शनिबार पार्टी कार्यालय सानेमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरसहित विवाद देखिएका स्थानमा मित्रवत प्रतिस्पर्धा गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरित तालमेल गर्न नहुने प्रस्ताव बैठकमा राखेका थिए । उनले बैठकमा भनेका थिए, “भरतपुरमा कांग्रेसले पनि छोड्ने अवस्था छैन । माओवादी केन्द्रले पनि नछोड्ने बताइरहेको छ । स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरसहितका केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्छ । यही नै सबैका लागि हितकर छ ।”

तालमेलको निर्णयले कांग्रेसभित्र विद्रोह

तालमेल गर्ने निर्णयसँगै कांग्रेसभित्र विद्रोह देखिन थालेको छ । विशेषतः भरतपुरको विषयमा कांग्रेस कार्यकर्ताले विद्रोह गरेका छन् । भरतपुरमा माओवादीलाई सघाउने निर्णयविरुद्व कांग्रेसको वडा कमिटीले सामूहिक राजीनामा दिएका छन् । भरतपुरको वडा नम्बर १७ को वडा कमिटीले शनिबार सामूहिक राजीनामा दिएका थिए ।

यता, पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयविरुद्व कांग्रेसको पोखरा नगर कमिटी आक्रोशित भएको छ । नगरकमिटीले निर्णय नसच्याए सामूहिक रुपमा विद्रोह गर्ने चेतावनी दिएको छ । नगरकमिटीले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेटेर विद्रोहको चेतावनी दिएको थियो ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १४:०४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...