back
CTIZAN AD

सत्तारुढ गठबन्धनका शिर्ष नेतासहित निर्वाचन तयारी, तथा अनुगमन समितिको बैठक बस्दै

वि.सं.२०७९ वैशाख ५ सोमवार

762 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेता तथा गठबन्धनको स्थानीयतह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान ९ बजे बस्ने उक्त बैठकमा निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल हुने बताएको छ ।

गठबन्धनका शिर्ष नेताहरुको आइतबार बसेको बैठकमा दलहरुले ६ महानगरपालिकामा आ–आफ्नो दावी गरेका थिए । जसमा नेकपा (माओवादी केन्द्र) ले भरतपुर, नेकपा (एकिकृत समाजवादी) ले पोखरा र जनता समाजबादी पार्टी (जसपा)ले वीरगन्ज महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीको दावी गरेका थिए ।

आजको बैठकमा पनि कुन महानगरपालिका र उपमहानगरपालिका कुन दलले लिने भन्ने भागबण्डाका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ । आइतबारको बैठकमा अन्य पार्टीले महानगरमा दावी गरिरहँदा नेपाली कांग्रेसले भने कुनै दावी गरेको थिएन ।

यद्यपी भरतपुरमा अन्य दललाई प्रमुख पद नदिने भन्दै त्यहाँका कांग्रेस नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गर्दै आएका छन् भने पोखरामा पनि मेयर पदका लागि कांग्रेसबाट १८ जनाले आवेदन दिएका छन् ।

त्यस्तै कांग्रेसको शनिबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले २०७४ मा भरतपुरको मेयर पद माओवादी केन्द्रलाई छाडेकाले अहिले कांग्रेसले पाउनुपर्ने बताएका छन् । यद्यपी माओवादी केन्द्रले मेयर पद नछाडे मित्रवत प्रतिश्प्रर्धा गर्नुपर्ने समेत उनले बताएका छन् ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार ०८:१० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...