back
CTIZAN AD

पुख्र्यौली पेशा लोप हुनुका मुख्या कारणहरु…

वि.सं.२०७९ वैशाख ७ बुधवार

1.4K 

shares

गलकोट । कुनै बेला बागलुङको बडिगाड गाउँपालिका–४ जलजला चोयाको उत्पादन सामग्रीका रूपमा प्रख्यात थियो । जलजलाका शशिराम विकले १५ वर्षको उमेरमा चोयाका सामग्री उत्पादन गर्न सिके बुवा धनबहादुरबाट चोयाका सामग्री उत्पादन गर्न सिकेका शशिरामले तीन छोरालाई उक्त सीप सिकाउन भने सकेका छैनन् ।

परम्परागत र पुख्र्यौली पेशाले जीवन धान्नै समस्या भएको, झन्झटिलो हुने, बढी समय खर्च हुने र सोचेजस्तो बिक्री हुन छोडेकाले अहिले पुख्र्यौली पेशा छोराहरूलाई सिकाउन समस्या भएको शशिराम विकको भनाइ छ । जलजलका शशिरामजस्तै गाउँका २५ भन्दा बढी घरको आम्दानीको स्रोत थियो निगालाको चोयाबाट निर्माण गरिएको मान्द्रो, थुन्से, भकारी, डाला र नाङ्ला । तर पछिल्लो समय सीप हस्तान्तरण नहुँदा यो पेशा लोप हुने अवस्थामा छ । २८ वर्षदेखि चोयाका मान्द्रा, थुन्से, भकारी, डाला र नाङ्ला उत्पादन गरी बिक्री गर्दै आएका विकले अहिले त्यही पेशा सङ्कटमा परेको बताउछन् ।

गुजारा चलाउनै मुस्किल होला भनेर उनले सोचेका थिएनन्, तर अहिले चोयाको सामग्री बिक्री हुनै छाडेको छ । निगालोको चोयाबाट उत्पादन भएका सामग्री गाउँघरमा खेतीपातीको काम गर्नेहरूका लागि अत्यावश्यक भए पनि विस्तारै खरिद गर्नसमेत छाडेका छन् । “मेरा एक छोरी र तीन छोरा छन्, छोरीको विवाह भयो, छोरा विदेश जाने आउने गर्छन्, मैले बुवाबाट यो सीप सिकेँ, छोराहरूले पनि पुख्र्यौली सीप सिके काम लाग्थ्यो भन्ने लाग्छ, तर कमाइ नहुँदा म निराश छु”, विकले भने, “अहिले गाउँमा चोयाका उत्पादित सामग्री बनाउने मान्छेको अभाव भइसक्यो, मेरो घरमा म नभएपछि यो पेशा बन्द हुने देखियो, छोराछोरीले सीप सिक्न चाहेनन् ।” विकले अहिले चोयाका सामग्रीसमेत कम बिक्री हुनु र पुस्ता हस्तान्तरण नहुँदा यो पेशा लोप हुने अवस्था आएको दुःखेसो पोखे ।

बलेवास्थित अमलाचौरमा अहिले नौ परिवारले काठको ठेकी बनाउने पेशा थाम्दै आएका छन् । सुरुमा २० चुदारा परिवारले ठेकाठेकी बनाउने पेशा अँगाल्दै आए पनि विस्तारै वैदेशिक रोजगारीप्रतिको आकर्षण, पछिल्लो पुस्ताको बेवास्ता र सीप पछिल्लो पुस्तामा हस्तान्तरण नुहँदा ठेकाठेकी बनाउने पेशा लोप हुने खतरामा पुगेको प्रेमबहादुर चुदाराले बताए ।

“अहिले मुस्किलले नौ परिवारकाले मात्रै परम्परागत विधिबाट ठेकी बनाउने काम गर्दै आएका छौँ, आधुनिक उपकरणको विकासले ठेकीको व्यापार कम भइसक्यो”, चुदाराले भने, “पहिलो धेरै जना थियौँ, अहिले कम भइयो, नयाँ पुस्ताले सिक्नै चाहेनन्, विदेशको मोह छ, हाम्रै छोरा नातिले सिक्न चाहेनन्, त्यसैले लोप हुने अवस्थामा पुग्यो ।” बलेवाका चुदारा परिवार गुल्मी जिल्लासम्म पुगेर दार र गुराँसको काठ किनेर ठेकी बनाएर बिक्री गर्दै आएको छ ।

बागलुङको पहिचानसँग जोडिएको बाँसको निगालोमा खोपेर बनाइने चित्र (बुट्टेनली) अहिले देखिनै छाड्यो । पुस्तामा सीप हस्तान्तरण नहुँदा बागलुङ बजारमा एक जना मात्रैले बुट्टेनली बनाउँदै आएका छन् । सीप सिकाउन खोज्दासमेत कसैले सिक्न नचाहेका कारण बुट्टेनली सङ्कटमा पर्न थालेको वसन्तजङ्ग राजभण्डारीले गुनासो गर्दै ्आएका छन् । बागलुङको पहिचानका रूपमा रहेको हातेकागज, बुट्टेनली, ठेकाठेकी, नाङ्ला र डाला बनाउने पेशा लोप हुने अवस्था आएको छ ।

 

वि.सं.२०७९ वैशाख ७ बुधवार १३:०१ मा प्रकाशित

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...