काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आउन लागेका छन् ।
उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको छ ।
डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुने विज्ञप्तीमा उल्लेख छ ।
महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शरेबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १४:५२ मा प्रकाशित






























