back
CTIZAN AD

स्याङ्जाको भीरकोटमा कांग्रेसबाट युवा उम्मेदवार यामप्रसादको दाबी

वि.सं.२०७९ वैशाख ७ बुधवार

552 

shares

स्याङ्जा । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावी माहोल तातिएको छ । भीरकोटमा बिशेष गरी नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको देख्न सकिन्छ । यसपटक कांग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा कांग्रेसका नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अधिकारी कांग्रेसका बलिया उम्मेदवार हुन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानीय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित छन् । यसअघि वडाको नेतृत्व सम्हालिसकेका र पार्टीको नगर सभापति समेत बनेका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुको समर्थन छ ।

अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यसपटक २० हजार ७ सय ६९ मतदाता रहेका छन् । अधिकारीसँगै वर्तमान मेयर छायाराम खनाल, तोयानाथ अर्याल, गोविन्द कर्माचार्य लगायतका स्थानीय नेताहरूले टिकटका लागि पार्टी नेतृत्वसँग लबिङ गरिरहेका छन् ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १५:४७ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...