back
CTIZAN AD

एमालेबाट निर्वाचित वडा अध्यक्षलगायत माओवादी केन्द्रमा प्रवेश

वि.सं.२०७९ वैशाख ७ बुधवार

777 

shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीयतह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय भएका वडाअध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो । नेपाली वडा २ रुम खबाङका युवा नेता हुन् ।

पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १५:४६ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...