back
CTIZAN AD

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

वि.सं.२०७९ वैशाख ७ बुधवार

666 

shares

काठमाडौँ । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका माध्यमबाट आज यहाँ भएको उक्त बैठकमा बिम्स्टेक मुलुकका करिब एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताइन् ।

आजको हाम्रो विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उनले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने बताइन् ।

सदस्य राष्ट्रका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविकरुपमा अगाडि बढाउन मद्दत मिल्ने उनले बाइन् । काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनमा बिम्स्टेक ‘ग्रिड इन्टरकनेक्सन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै उनले भनिन्, “ऊर्जा व्यापार एउटा महत्वपूर्ण विषय हो यसले हाम्रा देशहरूमा बिजुलीको बर्बादी र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ ।”

ऊर्जा सधैँ बिम्स्टेक प्रक्रियाको महत्वपूर्ण प्राथमिकताको क्षेत्रका रुपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रवद्र्धनका निम्ति निरन्तर प्रयास भएका बताउँदै ऊर्जा मन्त्री भुसालले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासहरूलाई प्रवद्र्धन गरेर ऊर्जा क्षेत्रमा सहकार्र्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिइन । जलवायु अनुकूलनका निम्ति छ किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताए । “यसनिम्ति ऊर्जामा बलियो र नवीकृत क्षेत्रीय साझेदारी महत्वपूर्ण हुनेछ”, उनले भने ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १५:४० मा प्रकाशित

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...