काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीयतह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सडक लगायतमा विशेष जोड दिइएको छ ।
उक्त घोषणापत्र अनुसार उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा कम्तीमा क्रमशः पाचँ÷पन्ध्र बहु विशेषज्ञ सेवा सुविधा सहितको अस्पताल स्थापना गर्ने, गर्भवती महिला, १० वर्ष मूनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठनागरिकलाई एम्बुलेन्स लगायत नगरभित्र चल्ने कुनैपनि यातायात सेवामा भाडा निःशुल्क गर्ने, नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थिलाई ५०% छुट दिइने, गाउँपालिका र नगरपालिकाका प्रत्येक वार्डहरूमा एकजना चिकित्सक सेवा सहितको स्वास्थ्य चौकी सञ्चालन गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी पाँच बर्षभित्र सबै स्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गरिने तथा अति विपन्न वर्गहरूका लागि बिमा शुल्क (प्रिमियम) स्थानिय तहले उपलव्ध गराउने बताइएको छ ।
त्यस्तै दलित, अल्पसंख्यक, शारीरिक अपाङ्गताभएका व्यक्तिले उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा लिएको रू १ करोड सम्मको ऋणको ब्याजमा ५ प्रतिशत भन्दा माथिको ब्याज अनुदान दिइने, महिला हिंसाको अन्त्यका लागि ‘फाष्ट ट्रयाक महिला न्याय यूनिट’ को ब्यवस्था गर्ने, महिलाहरूलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागी रू १ करोड सम्म ऋणदिने र त्यसको ब्याज ५ प्रतिशत मात्र गरिने पनि घोषणापत्रमा उल्लेखछ ।
त्यस्तै आधुनिक शौचालय नभएका घरमा शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने, ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिने, एकल, असहाय वा परिवारबाट उपेक्षित जेष्ठ नागरिकको लागि स्याहार सुसार गर्ने लगायत रहेका छन् ।
त्यस्तै कृषि तथा पशुपालनमा कृषिमा व्यसायिक कृषि (खाद्यान्न बाली, पशुपालन, माछापालन, फलफूल–तरकारी, जडीबुटी खेती) गर्ने कृषि फर्मलाई, कृषिजन्य उद्योगसंचालन गर्न चाहने उद्योगीहरूलाई, कृषि औजार उत्पादन गर्ने कारखाना खोल्न चाहनेहरूलाई वित्तीय संस्थावाट ५ करोडसम्म लिएको ऋणको ५% भन्दा बढीको ब्याज रकम अनुदानको रूपमा उपलब्ध गराउने व्यवस्थ ागर्ने घोषणापत्रमा उल्लेखछ ।
व्यवसायिक कृषि उत्पादन तथा उत्पादकत्व बढाउन आधुनिक कृषि औजार, गुणस्तरीय मलखाद र विउ विजन समयमा उपलब्ध हुने व्यवस्था र उत्पादित वस्तुहरूको खरिद–विक्री सहज बनाउन हरेक वडामा एकीकृत सेवा दिन शीत भन्डारण सहित एकएक उत्पादन संकलन र विक्री केन्द्रको स्थापना र सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेखछ ।
यस्तो छ पूर्ण घोषणापत्र
वि.सं.२०७९ वैशाख ७ बुधवार १५:३३ मा प्रकाशित






























